Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- बेलायतले नेपालको शान्ति प्रक्रियाका लागि २० मिलियन पाउन्ड सहयोग गर्ने जनाएको छ । नेपाल भ्रमणमा रहेका बेलायतका अन्तर्राष्ट्रिय विकास सम्बन्धी मन्त्री एन्ड्रियू मिचेलले उक्त प्रतिवद्धता व्यक्त गरेका छन् ।
प्रधानमन्त्री बाबुराम भट्टराईसग धुलिखेलमा भेटमा बेलायती मन्त्री एन्ड्रियूले शान्ति प्रक्रियाका लागि सहयोग गर्ने बताएका हुन् । आरामका लागि धुलिखेलमा रहेका प्रधानमन्त्री भट्टराईसँग एन्ड्रियूले बिहीबार बिहान धुलिखेल नै पुगेर भेटेका छन् । बेलायतले दिने उक्त रकम शान्ति मन्त्रालय मातहतको शान्ति विकास कोष मार्फत खर्च गरिने छ । बेलायतले सहयोग गर्ने उक्त रकम अढाई अर्ब रुपैयाँ भन्दा बढी हुनेछ ।
भेटमा एन्ड्रियूले वर्तमान सरकारलाई बेलायतको सहयोग र समर्थन रहने बताएको प्रधानमन्त्रीका सहयोगी विश्वदिप पाण्डेले बताए । प्रधानमन्त्री भट्टराईले कठिनाई रहेपनि आगामी चार महिना भित्र शान्ति प्रक्रिया पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
तपाईको प्रतिक्रिया