Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
नयाँदिल्ली– भारतले नेपाली सेनाकोलाई दुई लाईट हेलिकप्टर सहयोग स्वरुप दिने भएको छ । उपप्रधान एवम रक्षामन्त्री विजयकुमार गच्छदार र उनका भारतीय समकक्षी रक्षामन्त्री एके एन्टोनीसहित दुई मुलुकका प्रतिनिधिविच नयाँ दिल्लीमा भएको द्धिपक्षीय औपचारिक बार्तामा त्यस्तो सहमतिको सम्झौता भएको हो ।
बार्तामा नेपाली सेनाको सुन्दरी जलमा रहेको विष्फोटक पदार्थ उत्पादन कारखानालाई  विस्तार गर्न सहयोग गर्ने सहमति पनि भएको गच्छदारले दिल्लीमा पत्रकार सम्मेलन गरेर जानकारी दिए । उनले भारत नेपाली सेनालाई सुदृढ र सुविधासम्पन्न गर्न सबै खाले सहयोग गर्न तयार रहेको प्रतिबद्धता समेत बार्तामा भारतीय पक्षले ब्यक्त गरेको बताए ।
भारतीय रक्षामन्त्री एन्टोनीले नेपाली सेना र भारतीय सेनावीच परम्परागत घनिष्ठ सम्बन्ध रहेको, नेपाली सेनाका सेनापति भारतीय सेनाको र भारतीय सेनाध्यक्ष नेपाली सेनाका मानार्थ सेनापति हुने परम्परा रहेको भन्दै नेपाली सेनाको विकासमा  भारत जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको बताएका गच्छदारले बताए ।
गच्छदारले चिनका प्रधानमन्त्री बेन जियाबाओको सफल नेपाल भ्रमण प्रति सकारात्मक प्रतिक्रिया दिदै भारतीय प्रधानमन्त्री डा मनमोहन सिंहले दलहरु मिलेर नेपालमा जारी शान्ति र संविधान निर्माण कार्य सम्पन्न गरेर राजनीतिक स्थायीत्व कायम गर्नुको विकल्प नभएको सुझाव दिएका थिए ।
भारतीय प्रधानमन्त्रीले भारतको चाहना शान्त, समृद्ध र प्रजातान्त्रिक नेपाल रहेको भन्दै बर्तमान सरकारले नै नेपालमा जारी शान्ति र संविधान निर्माण कार्य पुरा गर्नु पर्ने भारतीय सदिक्षा रहेको गच्छदारले पत्रकार सम्मेलनमा सुनाए ।
उनले भारतको समेत प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकार प्रति सदिक्षा र भरोसा रहेको सुनाउँदै शान्ति र संविधानको जिम्मेवारी पुरा नगरी सरकार परिवर्तन नहुने ठोकुवा पनि गरे । उनले आफूले भारत भ्रमणको क्रममा अत्यन्तै सम्मान पाएकोले खुसी लागेको भन्दै सबै विषयहरुमा भारत र नेपालवीच खुलेर कुराकानी हुनलाई आफ्नो भ्रमणको उपलब्धि भएको गनाए ।
गच्छदारले खुल्ला सिमानबाट हुने सिमापार अपराधको विषयमा भारतको गंभिर चासो रहेका जानकारी दिदै आफूले छिमेकी राष्ट्रहरु भारत र चिन कसैका विरुद्ध पनि नेपालको भूमि प्रयोग गरी अपराध हुन नदिने प्रतिबद्धता ब्यक्त गरेको बताए ।
उनले भने– ‘मैले भारतीय प्रधानमन्त्री र रक्षामन्त्रीसँगको भेटमा नेपाली भूमि प्रयोग गरि कुनै पनि छिमेकी विरुद्ध गतिविधि हुन नदिने प्रतिबद्धता ब्यक्त गरेर र अब म त्यो गरेर पनि देखाई दिन्छु ।’
गच्छदारले नेपालमा शसस्त्र आन्दोलन गरिरहेका भूमिगत समूहसँग अब सरकारले गंभिरताका साथ वार्ता गर्ने तर बार्तामा नआई आपराधिक गतिविधी जारी राख्ने समूहविरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुने चेतावनी दिए । उनले भने– ‘त्यस्ता समूह विरुद्ध शसस्त्र दमन गर्छ सरकारले अब ।’
भारतले सैन्य सहयोग तत्कालिन राजा ज्ञानेन्द्रको शासनकालमा रोकेको थियो भने पछि तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा सूचारु गर्ने तयारी भएको भए पनि माओवादीको अवरोधले रोकिएको थियो ।
सो अवसरमा भारतीय पक्षले नेपालमा दिगो शान्ति स्थापनाकोलागी सहयोग गर्न भारत तयार रहेको भन्दै शान्ति र संविधान निर्माणको कार्य अवरुद्ध भएको प्रति चासो राखेको थियो । प्रत्यूत्तरमा गच्छदारले नेपालको शान्ति र संविधान निर्माण कार्य समयमै सम्पन्न गर्ने गरी अगाडि बढेको जानकारी दिएका थिए । उनले रक्षामन्त्री एन्टोनीलाई नेपाल भ्रमणको निम्तो पनि दिएका थिए । एन्टोनीले उपयूक्त समय मिलाएर नेपाल आउने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
द्विपक्षीय औपचारिक बार्तामा नेपालका तर्फबाट गच्छदार सहित गृहमन्त्रालयका सहसचिव शंकरप्रसाद कोइराला, आजीपी रविन्द्र प्रताप शाह, भारतकालागी नेपाली कार्यबाहक राजदुत खगनाथ अधिकारी, शसस्त्र प्रहरीका एआईजी दोर्जे राई, नेपाली सेनाका उपरथी दमन घले सहभागी थिए भने भारतको तर्फबाट रक्षामन्त्री एके एन्टोनी, रक्षा सचिव शशीकान्त शर्मा भ्वाईस चिफ अफ आर्मी जनरल एसके सिह र नेपालकालागी भारतीय राजदुत जयन्त प्रसादको उपस्थिति रहेको थियो ।
त्यसपछि गच्छदार र भारतीय सेनाका स्थल सेनाध्यक्ष भीके सिहवीच पनि भेटवार्ता भएको थियो । सेनाध्यक्ष सिंहले गच्छदारलाई नेपाली भाषामै बोलेर स्वागत गरेका थिए । सिहले स्वागत छ तपाईलाई भारतमा भनेका थिए । उनले भाषाको कारण पनि नेपाल र भारतवीचको सम्बन्ध अझै आत्मीय बनेको प्रतिक्रिया नेपालीमै दिएका थिए । गच्छदारले पनि  नेपालीमै तपाईसँग धेरै भेट भएर होला  आत्मीयता झनै बढेको छ । भेटमा भारतमा गोरखा सेनाको हित अभिबृद्धि र नेपाल सेनाको सुदृढिकरणको विषयमा पनि कुराकानी भएको थियो ।
बुधवारै गच्छदार रक्षामन्त्री एन्टोनीले दिएको रात्री भोजमा सहभागी  भएका थिए । भने उनले  राष्ट्रबादी काग्रेसका महासचिव डीपी त्रिपाठीसँग भेटवार्ता गरेका थिए ।
त्यस्तै भारतीय प्रधानमन्त्री डा मनमोहन सिह नेपाल भ्रमणमा आउन ईच्छुक रहेको जानकारी दिएका छन् । भारत भ्रमणको क्रममा आज प्रधानमन्त्री सिहसँग झण्डै ४५ मिनेट भेटवार्ता गरेका गच्छदारले आफूसँगको भेटमा सिहले म छिट्टो नेपाल भ्रमणमा आउन ईच्छुक छु, उपयूक्त समय मिलाउनुपर्छ । भनेर भनेको सञ्चारकर्मीलाई जानकारी दिए ।
भेटमा भारतीय प्रधानमन्त्री सिहले नेपालमा जारी शान्ति प्रक्रिया अवरुद्ध हुनुको कारण, पुर्नबर्गिकरणपछि काम हुन नसकेको, संविधान निर्माणमा देखिएको विवाद र दलहरुवीच पछिल्लो समयमा देखिएको असहमतिको अवस्थाको विषयमा गंभिर चासो प्रकट गरेका थिए ।
भोली हुने गृहमन्त्री पी चिताम्बरमसँगको भेटमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानलाई सुदृढ र क्षमतावान बनाउने विषयमा तालिम, भौतिक सामग्री, सीमा सुरक्षा सहयोग लगायतका विषयमा महत्वपूर्ण सम्झौता हुने जानकारी पनि दिए ।
तपाईको प्रतिक्रिया