Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौँ- सुडान घोटालाका मुख्य आरोपी ठेकेदार शम्भु भारती फेरि थुनामा परेका छन्, । आज उनी प्रहरीलाई हातपात गरेको आरोपमा थुनामा पुगेका छन्।
सई हरेराम अधिकारीको कमान्डमा अनामनगरमा नियमित चेकजाँच गर्ने क्रममा गाडीबाट उत्रेर पाँच प्रहरीमाथि दुर्व्यहार गरेको आरोप उनीमाथि लगाइएको छ। उनलाई अहिले महानगरीय प्रहरी परिसर काठमाडौँमा थुनामा राखिएको छ।
‘नियमित चेकजाँचमा रहेका प्रहरीमाथि दुर्व्यवहार गरेकोले सार्वजनिक अपराध ऐन अन्तर्गत अनुसन्धानका ला‍गि उहाँलाई नियन्त्रणमा लिएका हौँ’, परिसरका डीएसपी धीरजप्रताप सिंहले नागरिकन्युजलाई बताए। उनका अनुसार जिल्ला प्रशासन कार्यालयबाट अनुसन्धानका लागि आजै छ दिनको म्याद लिइसकिएको छ।
भारती सुरक्षा निकायमा हतियार एवं बन्दोबस्तीका सामग्री खरिदको ठेक्कापट्टामा संलग्न  व्यापारी हुन्।
तपाईको प्रतिक्रिया