
धनगढी- नेपाली काँग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले आफुसलाई पार्टी सभापति सुशील कोइरालाले धोका दिएको आरोप लगाउनुभएको छ ।
धनगढीमा बुधबार कार्यकर्ताहरुलाई सम्बोधन गर्दै नेता देउवाले भन्नुभयो ‘पार्टी सभापति सुसील कोईरालाले, आफैले पठाएका तीन जना दुतहरुको समेत सल्लाह नमानेर कुरा फेरे ।’
‘पार्टी सभापती कोईरालाले आफै मध्यस्थताका लागि पठाएका डा रामसरण महत, कृष्ण सिटौला र नरहरी आचार्यको पनि सल्लाह मानेनन’ कार्यकर्ताहरुलाई सम्बोधन गर्दै देउवाले भन्नुभयो । उपाध्यक्ष र महामन्त्री मनोनयनका बेला पार्टी सभापति कोईरालाले आफुलाई संसदीय दलको नेता बनाउने घोषणा गरेको तर त्यो कार्यान्वयन नगरको भन्दै नेता देउवाले भन्नुभयो ‘मलाई संसदीय दलको नेता बनाउछु भने, उपाध्यक्षमा रामचन्द्र जी र महामन्त्रीमा कृष्ण सिटौला मनोनयन गर्ने भन्ने कुरा गरे तर अन्तमा त्यो पनि फेरे ।’
सुदूरपश्चिम विश्वविद्यालय र मेडिकल कलेजको प्रगती अगाडी नबढेकोमा आफुलाई पनि दुख लागेको बताउदै नेता देउवाले आफुले यसका लागि सक्दो सहयोगका लागि प्रतिवद्ध रहेको बताउनुभयो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार, माघ ०४, २०६८
प्रकाशित समय: २३:३५:११