Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं— आफ्नै पार्टीबाट राजीनामाका लागि चर्को दबाब आएपछि प्रधानमन्त्री डा.बाबुराम भट्टराई आरामका लागि काभ्रेको धुलिखेल पुग्नु भएको छ । मंगलबार बेलुकी धुलिखेल पुगेका प्रधानमन्त्रीको बसाईलाई प्रधानमन्त्री कार्यालयले भने गोप्य राखेको छ ।
उहाँ धुलिखेलका हाइभ्यु रिसोर्टमा बस्नुभएको छ । प्रधानमन्त्रीसँग उहाँकी श्रीमती तथा माओवादी नेतृ हिसिला यमी र उर्जाराज्यमन्त्री सूर्यमान् दोङ पनि धुलिखेल पुग्नुभएको छ । दोङ काभ्रे क्षेत्र नम्बर १ बाट निर्वाचित सभासद हुनुहुन्छ । सँधैजसो मुस्ताङम्याक्स चढ्ने प्रधानमन्त्री भट्टराई धुलिखेल जाँदा भने अर्कै गाडीको प्रयोग गर्नुभएको श्रोतले जनाएको छ ।
प्रधानमन्त्री बसेको हाइभ्यु रिसोर्टमा पत्रकारलाई पनि प्रवेश दिइएको छैन । प्रधानमन्त्रीको भ्रमणबारे सुरक्षा निकाय र उहाँकै पार्टीका नेता कार्यकर्तासमेत बेखबर छन् ।
पार्टी र सरकारको योजना बनाउन प्रधानमन्त्री मंगलबारदेखि धुलिखेल पुग्नु भएको उहाँको नीजि सचिवालय स्रोतले बताएको छ । विपक्षीको चर्को आलोचना र आफ्नै पार्टीका उपाध्यक्ष मोहन वैद्य किरणको असहयोग पछि प्रधानमन्त्री भट्टराई तनाबमा हुनुहुन्छ ।
वैद्य पक्षले प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजीनामा वा  विगतका सहमति खारेज हुनुपर्ने शर्त राखेको छ । उसले सरकार निर्माणका बेला मधेशी मोर्चासित भएको चार बुँदे सहमति, बीप्पा सम्झौता, सेना समायोजनको निर्णय सच्चाउनुपर्ने वा भट्टराईले राजीनामा दिनुपर्ने अडान राखेपछि प्रधानमन्त्री अप्ठेरोमा पर्नुभएको हो । ***
तपाईको प्रतिक्रिया