Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – बेलायती सेनाले मंगलबार दोस्रो चरणको सैनिक कटौतीको घोषणा गरेपछि गोर्खा ब्रिगेडमा रहेका ४ सय नेपालीले आफ्नो जागिर गुमाउने भएका छन्। यो चरणमा २ हजार ९ सय बेलायती सेनाले जागिर गुमाउन लागेको काठमाडौंस्थित बेलायती राजदूतावासले प्रेस वक्तव्यमार्फत जानकारी गराएको छ।

२ हजार ९ सय अवकाश पाउँदा करिब ४ सय गोर्खाहरु पनि पर्ने अनुमान गरिएको छ,’ दूतावासद्वारा जारी वक्तव्यमा उल्लेख छ। दूतावासले जनाएअनुसार सन् २००७ मा सेनालाई आधुनिककीकरण गरेपछि गोर्खा सेनाको आकार बढेको छ भने उनीहरुले १५ वर्षको तुलनामा २२ वर्षसम्म सैनिक सेवामा रहन पाएका छन्।

‘प्रभावित सबैलाई १२ महिनाको सूचना दिइनेछ र उनीहरुलाई गैरसैनिक जीवनयापनका लागि रोजगारीसहितका विशेष कार्यक्रमहरु उपलव्ध गराइनेछन्,’ वक्तव्यमा उल्लेख छ। बेलायती रक्षा मन्त्रालयले ३९ अर्ब पाउण्ड स्टर्लिङ रक्षा बजेट घटाउन सेनाको संख्या कटौती गर्ने निर्णय गरेको हो। ***

तपाईको प्रतिक्रिया