Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- सरकारले विभिन्न मुलुकमा रिक्त रहेको राजदूतहरुको नियुक्ति गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले राजदूतको नियुक्तिसँगै केही सह सचिवलाई सचिवमा बढुवा समेत गरेको छ ।
शंकर बैरागी स्विट्जरल्याण्ड, मुक्तिनाथ भट्ट डेनमार्क, रुद्र नेपाल अष्ट्रेलिया, भरतराज पौडेल पाकिस्तान, राममणि पोखरेल बेल्जिमय, पारसमणि घिमिरे म्यानमार र प्रल्हाद प्रसाईलाई इजरायलका लागि राजदूतमा नियुक्ति गरिएको छ । उनीहरु सबै परराष्ट्र मन्त्रालय मातहतका सहसचिव हुन् ।
त्यस्तै, रविमोहन सापकोटा रुस, कमानसिंह लामा कोरिया र  डा. मायाकुमारी शर्मालाई कतारका लागि राजदूतमा नियुक्ति गरिएको छ । यी तीन जना कर्मचारी बाहिरका हुन् ।
सचिवमा बढुवा
सरकारले ६ जना सहसचिवलाई रिक्त रहेको सचिव पदमा बढुवा गरेको छ । भौतिक योजना निर्माणमन्त्री हृदयश त्रिपाठीका अनुसार सचिवमा बढुवा हुनेहरु अर्जुन भण्डारी, हरिराम कोइराला, धरणिधर खतिवडा, दुर्गा भट्टराई, कृष्णचन्द्र पौडेल र तिलक शर्मा छन् ।  त्यस्तै दुर्गानिधी शर्मालाई कामु सचिव बनाइएको छ । ***
तपाईको प्रतिक्रिया