Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– सरकारको आग्रह वेवास्ता गर्दै बन्दमा उत्रिएका सुकुम्बासीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले राजधानीबाट तीन सयलाई पक्राउ गरेको उपत्यका प्रहरी प्रभागले जनाएको छ । नदी किनारका सुकुम्बासी हटाउने निर्णयको विरोधमा बन्द आह्वान गरिएको थियो ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेल ‘सुनिल’ले विज्ञप्तीमार्फत बन्द फिर्ता लिन आह्वान गरेका थिए ।  ‘वर्तमान सरकार जनताप्रति पूर्ण प्रतिवद्ध रहेको र हरेक जनसरोकारका विषयमा उच्च चासो राख्दै आएको सर्वविदितै छ । हाल संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, नेपालले विभिन्न माग राखी आन्दोलित भएकोप्रति सरकारको ध्यानाकर्षण भएको छ । वर्तमान सरकार सुकुम्बासीका जायज माग सम्बोधन गर्न सकारात्मक भएको जानकारी गराउँदै सम्पूर्ण समस्याहरु वार्ताकै टेबुलबाट समाधान खोज्न हामी हार्दिक अपिल गर्दछौं । त्यसैले आन्दोलनरत पक्षलाई सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिई वार्तामा आउन नेपाल सरकार आव्हान गर्दछ,’ विज्ञप्तीमा भनिएको थियो ।
तपाईको प्रतिक्रिया