Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – एनेकपा माओबादीका उपाध्यक्ष समेत रहनु भएका उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ (प्रकाश) उपचारको क्रममा आज जापान आइपुग्नु भएको छ । आफ्ना नियमित चिकित्सक र सहयोगीका साथमा बिहान सवा ६ बजे नारिता बिमानस्थल ओर्लनु भएका मन्त्री श्रेष्ठ आजै साढे ९ बजे होक्काइडोको लागि प्रस्थान गर्नु भएको छ । नारिता बिमानस्थलमा मन्त्री श्रेष्ठलाई जापानका लागि नेपाली राजदुत डा. मदन कुमार भट्टराइ तथा नेपाली जनप्रगतिशील मोर्चा जापानका उपाध्यक्ष हवलचन्द्र लामाले संयुक्त रुपमा स्वागत गर्नु भएको थियो भने मोर्चाका अध्यक्ष बेलु थापा तथा सदस्य अमृत सुबेदी लगायत पनि उहांको स्वागतको लागि हानेदा बिमानस्थल पुग्नु भएको थियो ।

घाँटीको पछाडी पट्टीको मुल नसा हड्डिमा च्यापिएकाले त्यसको शल्यक्रियाका लागि उहाँ जापान आउनु भएको हो । उहाँ निकट स्रोतका अनुसार नेपाली चिकित्सकहरुले बिदेशमा उपचार गर्दा राम्रो हुने सल्लाह दिएकाले उहाँ जापानको होक्काइडो बिश्वबिध्यालय अस्पतालमा उपचार गराउने निर्णयमा पुग्नु भएको हो । उहाँको स्वागतार्थ नारिता बिमानस्थलमा पुग्नु भएका नेपाली जनप्रगतिशील मोर्चा जापानका उपध्यक्ष हवलचन्द्र लामाले जानकारी दिनु भए अनुसार मन्त्री श्रेष्ठको घाँटीको शल्यक्रिया यहि जनवरी १९ तारिख बिहिबारका दिन हुने भएको छ । उहाँ उपचारको क्रममा करिब २ हप्ता जापानमा रहनुहुने पनि बुझिएको छ । उपचार पश्चात टोकियो हुँदै नेपाल फर्कने मन्त्री श्रेष्ठको कार्यक्रम रहेको र यसै मौकालाई उपयोग गर्दै मन्त्री श्रेष्ठ र जापान स्थित नेपाली समुदायका बिचमा एक भेटघाट कार्यक्रमको आयोजना गरिने सोच रहेको पनि मोर्चाका उपाध्यक्ष लामाले समुद्रपारी डट कमलाई जानकारी दिनुभयो । तर कार्यक्रमको विस्तृत बिवरण भने केही दिनमा जानकारी गराइने उहाँले बताउनु भयो ।

यसै बिच मन्त्री श्रेष्ठलाइ होक्काइडोको साप्पोरो बिमानस्थलमा होक्काइडो बिश्वबिध्यालय अस्पतालका चिकित्सक डा पिताम्बर शर्मा र एन आर एन जापान होक्काइडो शाखाका संयोजक अर्जुन अधिकारीले स्वागत गर्नु भई अस्पताल तर्फ़ प्रस्थान गर्नु भएको जानकारी प्राप्त भएको छ । उहांको उपचार तथा स्वास्थ्य परिक्षण आजै देखि शुरु हुने जानकारी पनि प्राप्त भएको छ ।

तपाईको प्रतिक्रिया