Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- एकीकृत नेकपा (माओवादी)का सचिव सीपी गजुरेलले भने प्रधानमन्त्री बावुराम भट्टराईको नेतृत्वमा सहमतिको सरकार बन्न नसक्ने ठोकुवा गरे ।
रिपोर्टर्स क्लव नेपालले सोमवार आयोजना गरेको साक्षत्कार कार्यक्रममा उनले सरकार निर्माणको आधार चार बुँदे सहमति खारेज नभए सम्म आफूहरु सरकारमा जाने संभावना नरहेको स्पष्ट पार्दै कांग्रेस र एमालेले समेत त्यस्तै भनेकोले अहिलेको सरकार सहमतिको सरकार बन्नै नसक्ने तर्क गरे ।
उनले सहमतिको सरकार निर्माणको लागि नेतृत्वमा आफूहरु खुल्ला रहेको भन्दै प्रधानमन्त्री भट्टराईले भने तत्कालै राजीनामा दिएर सहमतीय सरकार निर्माणको ढोका खोल्नुपर्ने धारणा राखे ।
उनले आफ्नो समूहले महासचिव रामबहादुर थापा बादलको नाम सरकारको नेतृत्वको लागि प्रस्ताव गरेपनि बिकल्पमा छलफल गर्न भने तयार रहेको स्पष्ट पारे ।
उनले पार्टी भित्रको बैचारिक र सैद्धान्तिक बहस यथावत रहेको भन्दै तत्कालको कार्ययोजना र कार्यक्रम बनाएर मात्रै बिवादलाई थाँति राखिएको जानकारी दिए ।
तपाईको प्रतिक्रिया