Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – एमए किक बक्सिङका जापान च्याम्पियनसिप-२०१० का विजेता मोहन ड्रागन आउँदो २२ तारिख आइतबार कोराकुयन हलमा आफ्ना प्रतिद्वन्दीसंग भिड्ने भएका छन् । यसपटकको भिडन्त आफ्नो किकबक्सिङ क्यारियरमा सबैभन्दा महत्वपूर्ण र संबेदनशील भएको उनले बताएका छन् ।

उनले भने- यदि म यसपटक जित्न सकेन भने यसअघि हासिल गरेको बेल्ट फिर्ता गर्नुपर्ने हुन्छ, त्यसैले जापानमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु उक्त म्याचमा पाल्नुभई हौसल एवं नैतिक बल प्रदान गर्नुहुन हार्दिक अनुरोध गर्दछु- महर्जनले भने ।

उक्त दिन अपरान्ह ५ बजेदेखि शुरु हुने उक्त प्रतियोगितामा किक-बक्सर महर्जनलाई हौसला बढाउन टोकियोबासी नेपालीहरुको ठूलो समूह राष्ट्रिय झण्डा लिएर कार्यक्रम स्थलमा जाने तैयारी गरिरहेको बुझिएको छ ।

 

कार्यक्रम सम्बन्धि जानकारी :

Date: January 22 (Sun), 2012

Place: Korakuen-hall Tokyo (Station: Korakuen, Suidobashi)

Open: 16:45 Start: 17:00

Discount Ticket is available. Please contact Mohan directly.

Mobile: 090-8233-2235 (Mohan), Email: [email protected]

For Detail: http://www.ma-kick.com/01/log/eid170.html

सन् २०१० को डिसेम्बरमा टोकियो डोममा भएको प्रतियोगितामा मोहन महर्जनले जापान च्याम्पियनसिप बिजय गर्दाको एक झलक तस्वीरमा हेर्नुस – त्यतिबेला टोकियोका सयौं नेपालीहरुको भिडले मोहनको मनोबल उच्च बनाउन सहयोग गरेका थिए । जसका कारण उनी आफ्ना प्रतिद्वन्द्वीलाई परास्त गर्न सफल भएका थिए ।

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया