
कञ्चनपुर- नेकपा (एमाले)का सचिव शङ्कर पोखरेलले शान्ति र सविधान निर्माणको मुख्य बाधक माओवादी भएको आरोप लगाएका छन् । एमाले कञ्चनपुरद्वारा पार्टी कार्यालय भीमदत्तनगरमा आयोजित कार्यकर्ता प्रशिक्षणमा नेता पोखरेलले शान्ति र संविधान निर्माण प्रक्रियामा ढिलाइ हुनुको कारण माओवादीभित्रको आन्तरिक द्वन्द्व रहेको बताए ।
“माओवादीले लडाकुहरुलाई राजनीतिक स्वार्थका लागि प्रयोग गर्नु गलत हो” उनले भने – “सेना समायोजनमा सङ्ख्या र दर्जाको बारे विवाद गर्नु शान्ति प्रक्रियालाई बिथोल्न खोज्नु हो ।”
सचिव पोखरेलले शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुर्याउन राष्ट्रिय सहमतिको सरकार बन्नुपर्नेमा जोड दिए ।
शासकीयस्वरुपमा विषयमा एमालेले मिश्रित प्रणालीको प्रस्ताव राखेको जानकारी गराउँदै उनले शक्तिको केन्द्रीकरण र राजनीतिक अस्थिरताले तानाशाह जन्मिने बताए ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमबार, माघ ०२, २०६८
प्रकाशित समय: १६:५३:०४