Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
टोकियो – उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ उपचारका लागि सोमबार दिउँसो १ बजे जापानका लागि प्रस्थान गरेका छन । घाँटीको पछाडी पट्टीको मुल नसा हड्डिमा च्यापिएकाले त्यसको शल्यक्रियाका लागि उनी जापान आउन लागेका हुन् ।
उनी निकट स्रोतकाअनुसार नेपाली डाक्टरहरुले बिदेशमा उपचार गर्दा राम्रो हुने सल्लाह दिएकाले उनी जापानको होक्काइडो  अस्पतालमा उपचार गराउने निर्णयमा पुगेका हुन् । मन्त्री श्रेष्ठ भोलि बिहान नारिता बिमानस्थल हुंदै भोलि नै होक्काइडो तर्फ़ लाग्ने कार्यक्रम रहेको बुझिएको छ । उनको उपचारमा कति समय लाग्ने भन्ने बारेमा अझै स्पष्ट नभएको बुझिएको छ ।
मन्त्री श्रेष्ठको जापान बसाई अवधिमा अनुकुल समय मिलाएर नेपाली समुदायबीच भेटघाट कार्यक्रम गरिने बताईएको छ ।   +++
तपाईको प्रतिक्रिया