Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – बेलायतस्थित नेपाली पत्रकारहरुको नेतृत्व चयन गर्दै पत्रकार महासंघ बेलायत शाखाको पहिलो अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले वरिष्ठ उपाध्यक्ष बाहेकका पदमा सर्वसम्मत नेतृत्व चयनको घोषणा गरेको थियो । निर्वाचन समितिका संयोजक भगिरथ योगीले वरिष्ठ उपाध्यक्ष पदमा भएको निर्वाचनमा पत्रकार चिरन शर्मा निर्वाचित भएको घेषणा गरेका थिए । शर्माले कुल खसेको २९ मतमध्य १९ मत पाए । उपाध्यक्षका अर्का प्रत्यासी विपिन निरौलालको पक्षमा १० मत खसेको थियो ।

नर्थवेष्ट रेडिङ कलेज लण्डनमा शनिबार सम्पन्न अधिबेशनले पत्रकार नविन पोखरेलको अध्यक्षतामा तेह्र सदस्यिय कार्यमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा शर्मा उपाध्यक्षमा दिनेशकुमार परियार, महासचिवमा नरेश खपांगीमगर, सचिवमा धर्मराज अधिकारी र कोषाध्यक्षमा लिलामान शेरपुञ्जा निर्विरोध भएका छन ।

त्यस्तै सदस्यहरुमा देवीप्रसाद गौतम, रमा लामिछाने, मिलन शर्मा, ऋषिराज बुढाथोकी, नारायण (पौडेल-गाउंले), श्यामकुमार लुइंटेल र उमेश निरौला रहेका छन । नवनिर्वाचित पत्रकारहरुलाई नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउंले तथा लण्डनस्थित नेपाली राजदूत डा. सुरेशचन्द्र चालीसेले खादा तथा प्रमाणपत्र वितरण गरेका थिए ।

अधिबेशनको पहिलो चरण नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउंलेले उदघाटन गरेका थिए । तदर्थ समितिका अध्यक्ष नविन पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव नरेश खपांगीमगरको सांगठानिक प्रतिबेदन (केहि संशोधन सहित), चिरन शर्माको आर्थिक प्रतिबेदन र शशि पौडेलको विधान सर्वसम्मत पास भएको थियो । कार्यक्रममा सहभागिहरुलाई पत्रकार विपिन निरौलाले स्वागत गरेका थिए भने श्याम लुंटेलले धन्यवाद दिए ।

दोश्रो चरणको बधाइ तथा शुभकामना कार्यक्रममा बोल्दै बेलायतका लागि नेपाली राजदूत डा. सुरेसचन्द्र चालिसेले लोकतन्त्रमा पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने बताए । उनले नवनिर्वाचित पत्रकारहरुलाई बधाई दिंदै समाजका लागि पारदर्शी सूचना सम्प्रेषण, सशक्तीकरण र सामाजिक आर्थिक विकासको भूमिका निर्वाह गर्न आग्रह गरे ।

पत्रकार महासंघ नेपालका अध्यक्ष शिव गाउंलेले नेपालमा पत्रकारहरुले लोकतन्त्रवादीहरुबाट अत्यन्त ठूलो पीडा भोगिरहेको बताए । नागरिक दैनिकका पत्रकार खिलानाथ ढकालमाथिको आक्रमण, नयां पत्रिकाको कार्यलय तोडफोड देखि नुवाकोटमा पत्रिका जलाउने र कान्तिपुरको पत्रिका बोकिरहेको गाडी तोडफोड गर्नेहरु सच्चा लोकतन्त्रबादी नै भएकोले पत्रकारहरुको अवस्था छर्लंङ्ग भएको बताए । बर्तमान राजनीति सहि ट्रयाकमा नआए एउटा राजाको बिदाईसंगै प्रतेक पार्टीमा दुई तिन जना राजाहरु जन्मिने क्रम शुरु भएको उनले प्रष्ट्याए ।

नरेश खपांगीमगरले सञ्चालन गरेको कार्यक्रममा एनआरएन युकेका अध्यक्ष कुल आचार्यले नवनिर्वाचित पत्रकारहरुलाई बधाई दिंदै उनीहरुको कार्यकाल सफलताको शुभकामना दिए । नेपाली समाजमा भएका समस्यालाई जस्ताको त्यस्तै सार्वजनिक गर्न उनले पत्रकारहरुलाई आग्रह गरे ।

कार्यक्रममा विविसी नेपाली सेवाका सम्पादक सुमन खरेलले पत्रकारहरुमा अहमताले बास गर्न नहुने बताए । खरेलले अहमता आफैंमा नकारात्मक भएको प्रष्ट पार्दै यसबाट पत्रकारहरु टाढै रहनुपर्नै धारण व्यक्त गरे ।

कार्यक्रममा पत्रकार महासंघलाई आर्थिक सहयोग दिने युरोपको नेपालीपत्रका म्यानेजिङ्ग डाइरेक्टर राजेन कंडेललाई अध्यक्ष गाउंलेले सम्मान गरे ।

महाधिबेशन सफलताको शुभकामना दिन बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । ***

तपाईको प्रतिक्रिया