Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं – प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको हितका लागि नै चिनियाँ प्रधानमन्त्रीको भ्रमण गोप्य राखिएको बताउनुभएको छ । आइतबार बालुवाटारमा पत्रकारसित प्रधानमन्त्री भट्टराईले दुबै देशको सहमतिमा भ्रमणको सूचना ढिलो सार्वजनिक गरिएको बताउनुभयो ।
‘बिगार्न त थोरै मान्छेले पनि सक्छन् । तर राज्य कमजोर भएर होईन’, भ्रमण पहिले नै तय भैसकेको र चिनियाँ प्रधानमन्त्रीकै कारण गोप्य राखिएको बताउँदै प्रधानमन्त्री भट्टराईले भन्नुभयो, ‘दुबै देशको सहमतिमा भ्रमण कार्यक्रम ढिलो सार्वजनिक गरिएको हो त्यसैले यसलाई अन्यथा लिनु हुन्न ।’ भ्रमण औपचारिक नै भएको र यो निकै सफल रहेको प्रधानमन्त्रीले दावी गर्नुभयो ।
वेन जिआबाओको भ्रमण मार्फत चीनले नेपालको शान्ति र संविधान निर्माण प्रक्रियामा ऐक्यवद्धता जनाएको र यसबाट ठूलो राजनीतिक सन्देश गएको प्रधानमन्त्रीले दावी गर्नुभयो ।  ‘भ्रमण निकै सफल भयो, यसबाट ठूलो राजनीतिक सन्देश गएको छ’, सरकारको असफलताका कारण भ्रमण छोटो भएको भन्ने विपक्षीहरुको टिप्पणीको खण्डन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘भ्रमण सफल भएको छ । तीन चार दिनमा जति काम हुन्थे पाँच घण्टामा पनि त्यति नै उपलब्धि हासिल भएको छ ।’
आफू र दलका नेताहरुसितको सामुहिक भेटमा चिनियाँ प्रधानमन्त्रीले भारतसितको सम्बन्धलाई पनि राम्रो बनाउन र सन्तुलित रुपमा अघि बढ्न आग्रह गरेको भन्दै प्रधानमन्त्रीले चिनियाँ प्रधानमन्त्रीको भ्रमणलाई शंकाको दृष्टिकोणले हेर्न नहुने बताउनुभयो । ‘हामी पनि भारतसितको सम्बन्ध विकास गरिरहेका छौं’, चिनीयाँ प्रधानमन्त्रीको भनाई उधृत गर्दै प्रधानमन्त्री भट्टराईले भन्नुभयो, ‘तपाइँहरु पनि सन्तुलित रुपमा अघि बढ्नुस ।’
नेपालले भारत र चीनबीचको पुल बनेर फाईदा लिन सक्ने सम्भावना रहेको प्रधानमन्त्रीले बताउनुभयो । भारत, चीन र अमेरिकासितको सम्बन्ध बढाएर विशेष आर्थिक क्षेत्र घोषणा गरी लगानी भित्र्याउन सकिने प्रधानमन्त्रीको दावी छ । विदेश नीति, सुरक्षा नीति र आर्थिक नीति मुलुकका लागि निकै महत्व पूर्ण हुने भन्दै विदेश नीति र आर्थिका विकास नीति अध्ययनका लागि छुट्टै प्रकारका स्वायत्त संस्था स्थापना गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभयो ।
तपाईको प्रतिक्रिया