Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025
काठमाडौं- नेकपा एमालेका पोलिटब्यूरो सदस्य भीम रावलले भ्रमणको सूचाना गोप्य राख्नु र चिनियाँ प्रधानमन्त्रीलाई विमानस्थलबाट सिहदरवारसम्म ल्याउँदा लगाएको अघोषित कफ्यू सरकारको नालायकिपन भएको आरोप लगाए । उनले सरकारले गरेको तयारीले अन्य राष्ट्रप्रमुखहरुको नेपाल भ्रमण नेपाल सरकारलाई गर्न अप्ठ्यारो पर्दो रहेछ भन्ने गलत सन्देश अन्तरराष्ट्रिय जगतमा गएको दावी गरे ।
रावलले पाहुनाको चाहना अनुसार भ्रमण त्यसरी नै गराएको भन्नु हास्यास्पद तर्क भएको भन्दै चिनमा हुने भ्रमण यस्तो नहुने र अमेरिका जत्तिकै स्वतन्त्रपूर्ण हुने  बताए ।
उनले भने-आफू काम गर्न नसक्ने अनि दोष चाही चिनले चाहे जस्तै भनेर थोपर्ने सरकारको नालायकपना मात्रै हो ।
उनले विगत १० वर्षदेखि चिनियाँ उच्चस्तरीय भ्रमण नेपालमा नहुनुमा माओवादीले गरेको द्धन्द नै कारक भएको आरोप लगाउँदै चिनको सदभावलाई सरकारले स्विकार्नु पर्ने सुझाव दिए ।
रावलले चिनले लडाकुको स्वेच्छिक अवकासकोलागी रकम दिएको भन्दै त्यसलाई सरकारले बुझेर तत्कालै स्वेच्छिक अवकासमा जानेलाई विदाई गर्नु पर्ने तर्क गरे । उनले चिनियाँ प्रधानमन्त्रीको भ्रमणले नेपालमा प्रयोग हुने गरेको चिनियाँ र भारत कार्डको कुनै अर्थ नरहेको स्पष्ट भएको भन्दै नेपाल, चिन र भारत सम्बन्ध समानताको आधारमा अगाडि बढाउनु पर्ने चाहना चिनको भएको बताए ।
उनले शान्ति र संविधान निर्माणको कार्य रोकिरहने हो भने चिनियाँ सहयोग नेपाली जनताका पक्षमा उपयोग हुन नसक्ने भन्दै उनले देशमा सहमति गरेर मुलुकको हितमा कुनै पनि सम्झौता गर्नु पर्ने बताए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया