बिहिबार, फाल्गुण १०, २०८०
Thursday, February 22, 2024
काठमाडौं- प्रतिपक्षी दलका प्रभावशाली नेताहरुले चिनियाँ प्रधानमन्त्री बेनजिया बाओको नेपाल भ्रमण चार घण्टामात्रै हुनु सरकारको नलायकीपना भएको आरोप लगाएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेपाली काग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले चिनले नेपालको लथालिङग पारा र कुसंस्कारका कारण चिनले विश्वास गर्न नसकेर भ्रमण छोट्याएको आरोप लगाउँदै यसअघिको चिनियाँ प्रधानमन्त्रीको भ्रमण पनि नेपालकै कारण स्थगित भएको पुष्टि भएको दावी गरे ।
उनले भने-विगतमा चिनियाँ प्रधानमन्त्री नेपालमा बस्ने परम्परा थियो तर नेपालको लथालिङ पना देखेर बसेनन त्यसैले यो भ्रमणलाई राम्रो संकेतको रुपमा मान्न सकिदैन । नेपालको बेथितिले भ्रमण छोटियो । यो हाम्रो गल्ति हो ।
उनले भ्रमण छोटो हुँदा यसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि विगारेको दावी गर्दै भने-अन्तर्राष्ट्रिय स्तरमा हुने भ्रमणमा कति बस्यो, कस्तो लगायो, कस्तो खायो भन्ने विषयले पनि अर्थ राख्छ । छोटो लामो जस्तो पनि हुन सक्छ भन्नुको अर्थ छैन ।
साक्षात्कारमा डा. महतले चिनले गरेको सहयोग पुरानै प्रक्रियाको निरन्तरता भएको दावी गदै चिनको सहयोग सन्तुलित ढंगको भएको बताए ।
उनले  सरकारले साना साना आयोजनाकोलागी पैसा मागेर चिनको अगाडि दरिद्रता देखाएको आरोप लगाउँदै चिनले सन्तुलित ढंगले सहयोग गरिरहदा मानसिक दरिद्रता देखाउन नहुने तर्क गरे ।

तपाईको प्रतिक्रिया