Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं –  उपप्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदारले जनचाहना अनुसारको समावेशी संविधान बनाउन वर्तमान सरकार कटिवद्ध भएर लागेको बताएका छन् ।
थारु समुदायको राष्ट्रिय पर्व थारु माघी महोत्सव २०६८ को राजधानीमा आइतबार उद्‌घाटन गर्दै उपप्रधानमन्त्री गच्छदारले सम्पूर्ण जातजातिलाई समान हक र अधिकार दिने गरी देशमा समावेशी संविधान बनाउन एमाओवादी र संयुक्त मधेशी मोर्चाबीच गठबन्धन भई सरकार निर्माण भएको स्पष्ट पारे ।
सदियौंदेखि थिचिएर बसेको थारु समुदायले समावेशी संविधान निर्माणपछि मात्र उनीहरुले खोजेको जस्तो हक र अधिकार पाउने बताउँदै उपप्रधानमन्त्री गच्छदारले भने, ‘म अहिले पनि सन्तुष्ट छैन । त्यो बेला सन्तुष्ट हुनेछ, जुनबेला कुनै एक थारु देशको प्रधानमन्त्री हुन्छ ।’
तपाईको प्रतिक्रिया