बुधबार, फाल्गुण १६, २०८०
Wednesday, February 28, 2024
काठमाडौं- जर्जिया राज्यको डेकाल्ब काउन्टीमा सोमबार राती ३९ वर्षीय दामोदर पाठकको भएको हत्यामा संलग्न एक व्यक्तिलाई प्रहरीले बिहिबार पक्राउ गरेको छ । पाठक स्थानीय बिपी ग्याँस स्टेसनमा काम गर्थे ।
प्रहरीका अनुसार पक्राउ पर्ने ५२ वर्षीय अर्लिन टर्नर हुन् । टर्नरलाई लेक पार्क ड्राइभस्थित अपार्टमेन्टबाट पक्राउ गरिएको हो ।
पाठक एलनउडको सेडर ग्रोभ रोडस्थित बिपी ग्याँस स्टेसनमा सोमबार रातीको ड्युटी गर्दै थिए । एघार बजेको आसपासमा पैसा लुट्न आउनेले उनको हत्या गरेका थिए ।

तपाईको प्रतिक्रिया