Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
मोरङ- मोरङकै ठूलो साप्ताहिक हाट लाग्ने बेलबारी बजारमा सार्वजनिक शौचालय नहुँदा व्यापारीहरुले सास्ती खेप्दै आएका छन् । उनीहरु पुलमुनि वा खोला धाउन बाध्य छन् ।
सोमबारे बजारमा दमक, उर्लाबारी, पथरी, इटहरी, धरान, दुहबी, विराटनगरलगायतका व्यापारी आउने गरेका छन् । बजारको सबैभन्दा ठूलो समस्या शौचालय रहेको उनीहरुको भनाइ छ । ँदिसा-पिसाब आयो भने खोला नपुगी हुँदैन, हामीलाई बढो समस्या छ’, दमकबाट आएका कपडा व्यापारी तुलसीप्रसाद आचार्यले बताए । आफुहरुले नियमितरुपमा हाटकर तिरेकोले व्यापारीको लागि बजार व्यवस्थापन समितिले सार्वजनिक शौचालय बनाउनु पर्ने उनको माग छ ।
आचार्य प्रतिनिधि पात्र मात्र हुन्, बेलबारी बजारमा आउने व्यापारीहरुको समस्या एउटै हो । बजारमा सार्वजनिक शौचालयको विकल्प नहुँदा यतिखेर अधिकांश व्यक्तिले लोहोन्द्रा पुलमुनि गएर दिसा-पिसाब गर्ने गरेका छन् ।
शौचालयको असुविधा हुँदा एकातिर व्यापारीहरु मर्कामा परेका छन् भने अर्कोतिर खुल्लारुपमा दिसापिसाब गर्नाले बजार प्रदूषित हुँदै गएको स्थानीय वासिन्दा बताउँछन् । पुलअगाडि घर हुने र त्यसको वरपर त हिंड्नै नसकिने अवस्था रहेको लामो समयदेखि साइकल पसल गर्दै आएका विजय साहले बताए ।
अन्य गाविसको तुलनामा निकै राम्रो आम्दानीको स्रोत रहेको बेलबारीमा सोमबारको हाटका लागि मात्र वार्षिक १४ लाख रुपैयाँसम्ममा ठेक्का लाग्ने गरेको छ । तर यतिका स्रोत-साधन भएको गाविसले बजारमा व्यापारीहरुका सुविधाका लागि शौचालय भने अहिलेसम्म निर्माण गर्न सकेको छैन ।
राजा ज्ञानेन्द्रको शाहीकालमा जिल्ला शान्ति समितिले स्थानीय शान्ति विकास समितिलाई शौचालय निर्माण गर्न रकम अनुदान दिएको थियो । सो समितिले लोहोन्द्रा खोलाको पुलको मुखैमा एउटा शौचालय बनाएको थियो । तर सो शौचालयले पूर्ण रूप पाएन ।
बेलबारी गाविसका सचिव पदमविनोद घिमिरे बजारमा शौचालयको आवश्यकता रहेकोले शान्ति समितिले बनाएको शौचालयलाई थप निर्माण गरेर सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउँछन् । व्यवस्थित तरिकाले सञ्चालनमा गर्ने योजना रहेकोले केही ढिलाइ भएको उनले बताए । यद्यपि सडकको सीमाभित्र बनेको शौचालय पनि स्थायी नहुने स्थानीय वासिन्दाको भनाइ छ ।
बजार व्यवस्थापन समितिका अध्यक्ष कुशजीत राई बजारमा शौचालय अति आवश्यक रहे पनि गाविसले बजार व्यवस्थापनलाई उपेक्षा गरेर निर्माणबारे थाहै नदिएको बताउँछन् । सो शौचालयको ट्याङ्की शौचालयको पश्चिममा हुनुपर्ने राईको भनाइ छ ।
बेलबारीमा सार्वजनिक शौचालयको आवश्यकता अहिले मात्र महसुस गरिएको होइन । करिब १२ वर्षअघि रेयुकाई नेपालले बेलबारी बजारमा एउटा शौचालय बनाएको थियो । तर बीच बजारमा निर्माण गरिएको शौचालय सञ्चालन गर्दा वातावरणीय दृष्टिकोणले प्रदूषित हुने भएकोले त्यसलाई भवनको रुप दिएर अन्य प्रयोजनमा ल्याइएको छ ।
प्रशासनिक र आयस्रोतको हिसाबले मोरङको ँक’ श्रेणीमा रहेको बेलबारी गाविस यतिखेर नगरपालिका उन्मुख छ । नगरपालिकाको अवधारणामा जान सार्वजनिक शौचालयहरुलाई पनि व्यवस्थित गरिनुपर्नेमा भने ध्यान दिइएको छैन ।
तपाईको प्रतिक्रिया