Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं – माघे सक्रान्तिका अवसरमा राष्ट्रपति डा. रामवरण यादवले दलका नेताहरुलाई खिचडी खुवाउनु भएको छ । खिचडी खानका लागि राष्ट्रपतिले संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई निम्तो गर्नु भएको थियो ।
राष्ट्रपति भवन शीतलनिवासमा बोलाएर आइतबार बिहान राष्ट्रपति यादवले नेताहरुलाई खिचडी खुवाउनु भएको हो ।
खिचडी खान प्रधानमन्त्री सहित संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दललाई निम्ता गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयमा हुने खिचडी खाने कार्यक्रममा दलहरुबीच शान्ति प्रकृया र संविधान निर्माणका बारेमा पनि छलफल भएको छ ।
तपाईको प्रतिक्रिया