Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र भारत जोधपुरका राजाको छोराको बिहेका लागि दिल्ली जानुभएको छ  । यसपटक आफ्ना छोरा पूर्व युवराज पारसलाई छोडेर पूरै परिवारका साथ उहाँ त्यसतर्फ जानुभएको छ, अर्थात् पूर्व बडामहारानी कोमल, पूर्वयुवराज्ञी हिमानी र नातिनातिनाका साथ उहाँ भारत जानुभएको भए पनि उहाँको यसपटकको नयाँ दिल्ली भ्रमणलाई गद्दी फर्काउने योजनासँग जोडेर विश्लेषकहरूले चर्चा गर्न थालेका छन्  ।
यसअघि पूर्व राजाको हैसियतमा एकीकृत नेपालका संस्थापक आफ्ना पूर्वज पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा कहिल्यै सन्देश नदिएका पूर्वराजा ज्ञानेन्द्रले ‘बडामहाराजाधिराजबाट निर्माण भएको सुन्दर राष्ट्र नेपाल अखण्डित रहोस् यो राष्ट्रको सबल स्वाधीनता अक्षुण्ण रहोस् र यो राष्ट्रको आपसी एकता नखल्बलियोस् यही मेरो चाहना हो, यस दिशामा सबै समुदाय, वर्ग, धर्म, क्षेत्र र सम्प्रदायका साथ समुन्नित रूपमा संलग्न रही सेवा गर्न म दृढ प्रतिज्ञ छु’ भन्ने सन्देश दिंदै उहाँ भारत प्रस्थान गर्नुभएको छ  ।
राजनीतिका सामान्य विद्यार्थीले पनि बुझ्न सक्छन् उहाँ बिहेको भोज खान मात्र भारत जानुभएको छैन, बरु नेपालको राजनीतिबारे दिल्लीमा केही खास खान्की पाक्दैछ, त्यसको रसस्वादन गर्न पूर्वराजा ज्ञानेन्द्र त्यसतर्फ जानुभएको अनुमान सर्वत्र भइरहेको छ  । राजस्थानमा हुने विवाह समारोहका लागि भनेर जानुभएका पूर्वराजा ज्ञानेन्द्रको दिल्लीको बसाइ मात्र दुई साताको रहने निर्मल निवास स्रोतले जनाएको छ  ।
दिल्लीमा के त्यस्तो आकर्षण छ, त्यो नेपालका राजनीतिज्ञहरू जानुन्  । तर यहाँ हावा फुस्किएको ‘ब्लाडर’ जस्तै बनेर दिल्ली गएका नेपालका राजनीतिज्ञहरू दिल्लीबाट फ़र्केर आउंदा सप्रिएका फर्सीजस्तै बनेर आउने सबैले देखेका छन्  । राजा ज्ञानेन्द्र कसरी फर्किनुहोला, त्यो अहिल्यै अनुमान गर्न गाह्रो छ  । तापनि यहाँ सत्तारुढ एनेकपा माओवादी र विपक्षमा बसेका संसदवादी दलहरू बीच शान्तिप्रक्रिया र संविधान निर्माणको विषयमा गाँठो अझै धेरै बल्झीँदै गएपछि उहाँको भ्रमणलाई अर्थपूर्ण रूपमा हेर्न थालिएको छ  ।
०६२/ ६३ को जनआन्दोलन उत्कर्षमा पुगेको बेला भारतको सत्तारुढ संयुक्त प्रगतिशील गठबन्धनकी अध्यक्ष सोनिया गान्धीका विशेष दूत बनेर आएका करण सिंहले काठमाडौंमा पूर्वराजासँग पाँच घण्टा गोप्य वार्ताको पृष्ठभूमिमा उहाँको यो भ्रमण हुंदैछ भन्ने जानकारी एक सूत्रले गराएको छ  । त्यसमाथि उहाँको भ्रमणको अघिल्लो दिन उहाँका बाजे स्वर्गीय राजा त्रिभुवनको शालिक सहिदगेटबाट नारायणहिटी राजदरबार संग्रहालयमा सार्ने सम्बन्धी सरकारको निर्णयमाथि सर्वोच्च अदालतले अन्तरिम आदेशद्वारा रोक लगाइएपछि आफ्नो भारतभ्रमणमा उहाँ अझ बढी उत्साहित भएर निस्कनुभएको स्रोतले जनायो  ।
नारायणहिटी राजदरबारलाई गणतन्त्र नेपालका राष्ट्रपतिको कार्यालय किन बनाइएन ? यो प्रश्नको जवाफ अहिले दरबारियाहरू आफैले उत्तरसहित राजावादी कार्यकर्ताहरू लाई उत्साहित गर्नका लागि गरिरहेका छन्  । उनीहरूका अनुसार नयाँ संविधान नबन्दै गणतन्त्र संस्थागत भएको वैधानिक मान्यता मिल्ने छैन भन्दै भारतले त्यतिखेरै नारायणहिटी राजदरबारलाई अन्य प्रयोजनका लागि प्रयोग गर्न निर्देशन दिएको थियो  ।
अहिले आगामी २०६९ जेठ १४ गतेको ‘डेडलाइन’ पाएको संविधानसभाले यदि संविधान निर्माण गर्न सकेन भने पूर्वराजाको वैधानिक स्थानको खोजी त्यतिखेर हुनसक्ने र फेरि राजसंस्था फ़र्कन सक्ने भन्दै भारतले नारायणहिटी राजदरबारमा राष्ट्रपति कार्यालय राख्न नदिएको उनीहरूको दावी छ  । यस्तो पृष्ठभूमिमा हुन लागेको पूर्वराजा ज्ञानेन्द्रको भारत भ्रमणलाई पर्यवेक्षकहरूले स्वाभाविक अर्थपूर्ण रूपमा लिएका छन  । ***
तपाईको प्रतिक्रिया