Deneme Bonusu Veren Siteler
आइतबार, फाल्गुण ०४, २०८१
Sunday, February 16, 2025
काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक (एमडी) बन्न उत्तरकुमार श्रेष्ठ र रामेश्वर यादव तीव्र दौडधुपमा लागेका छन् । श्रेष्ठ प्राधिकरणका पूर्वएमडी हुन् भने यादवले निमित्त एमडीबाट गत बिहीबार अवकाश पाएका हुन् ।
प्राधिकरणमा बदनामका रूपमा चिनिने उनीहरू दुवैजनाले अहिले सत्तारुढ माओवादी र मधेसी मोर्चाका नेताहरूको घरदैलो चाहरिरहेका छन् । जानकार स्रोतका अनुसार, दुवैजनाको प्रतिस्पर्धा कसले कति पैसा खर्च गर्ने भन्नेमा छ । छनोट समितिले १४ जना उम्मेदवारबाट पहिलो चरणमा पाँचजनाको नाम छनोट गरेको छ । उनीहरू दुवैजना चयन भएपछि अहिले माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री पत्नी हिसिला यमी र मधेसी मोर्चाका संयोजकसमेत रहेका उपप्रधान तथा गृहमन्त्री विजय गच्छदारको ढोका ढक्ढक्याउन पुगेका छन् ।
श्रेष्ठलाई यसअघि माओवादीकै सरकारले विद्युत् महसुल निर्धारण आयोगको सदस्यमा नियुक्त गरेपछि उनी थप उत्साहका साथ माओवादी नजिक भएका छन् । सत्तामा जो आयो उसलाई सजिलै रिझाउन सक्ने स्वभावका श्रेष्ठलाई हिसिला यमीले एमडी बनाउने वचन दिएको बुझिएको छ । त्यो कुरा थाहा पाएपछि निमित्त एमडी यादव भने दाहालनिवास नयाँ बजार पुगेका थिए । ‘पार्टीलाई सहयोग गर्छु’ भनेर यादवले दाहालसमक्ष प्रस्ताव गरेको बताइएको छ । दाहालका विश्वासपात्र पोष्टबहादुर बोगटी ऊर्जामन्त्री भएको बुझेर उनी त्यता गएको बताइन्छ ।
अहिले एमडीका लागि बालुवाटार र नयाँ बजारबीच प्रतिस्पर्धा नै बढेको उच्च स्रोतले बतायो । यादवले मधेसी नेताहरूलाई पनि आफ्नो पक्षमा लिने प्रयास गरेको बुझिएको छ । ‘पैसा जति पनि छ, के भयो र’- प्राधिकरणका एक उच्च अधिकारीले भने- ‘उहाँको त स्वभाव नै हो । जो शक्तिमा आउँछन्, उनीहरूलाई सजिलै रिझाउन सक्नुहुन्छ ।’
आफ्नो अनुकूलको एमडी बनाउन नेपालको सबैभन्दा ठूलो जलमाफिया कम्पनी आईसीटीसी लागिपरेको छ । यसपटक उसको समर्थन यादवलाई रहेको जानकारहरू बताउँछन् । आईसीटीसीका रामलाल श्रेष्ठ, दिनेश श्रेष्ठ र प्रविण श्रेष्ठले यादवलाई एमडी बनाउन जति भए पनि पैसा खर्च गर्ने आश्वासन दिएको बताइएको छ ।
स्मरण रहोस्, मध्यमस्र्याङ्दी, कालीगण्डकी, चमेलियालगायतका जलविद्युत् आयोजनालाई डुबाउनमा सो कम्पनीको हात छ । पछिल्लो समय माथिल्लो तामाकोसीमा पनि सो कम्पनीको प्रवेश भइसकेको छ । विष्णु पौडेल जलस्रोत मन्त्री हुँदा मध्यमस्र्याङ्दीमा भएको अनियमितताबारे छानबिन गर्ने सोमनाथ पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले आफ्नो प्रतिवेदनमै आईसीटीसीलाई ‘श्रीपेचबिनाको राजा बनाउने हैसियत भएको कम्पनी’ उल्लेख गरेको छ । त्यसबेला प्राधिकरणको नेतृत्व श्रेष्ठले सम्हालेका थिए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया