Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौ –  नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले राष्ट्रपतीय प्रणालीको पक्षमा स्विट्जरल्याण्डमा कुनै सहमति नभएको बताएका छन् ।
बिपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको चौथो वार्षिक साधारणसभाको शनिबार यहाँ उद्घाटन गर्दै उनले शासकीय स्वरुपबारे स्विट्जरल्याण्डमा सहमति भएको भन्ने कुरा भ्रम मात्र हो भने ।
उनले दमननाथ ढुङ्गाना र पद्मरत्न तुलाधरले विदेशमा गएर सहमति गरौं भन्न आएको तर आफूले त्यसलाई इन्कार गरेको बताउँदै देशभित्रको समस्या देशभित्रै बसेर छलफल गरी समाधान गर्नुपर्छ भनी आफूले कुरा राखेको बताए ।
सभापति कोइरालाले मुलुकमा गणतन्त्र आइसकेको र सङ्घीयता तथा  समावेशीको कुरा उठिसकेको सन्दर्भमा नेपालका लागि संसदीय शासन प्रणाली नै उपयुक्त हुने बताए ।
तपाईको प्रतिक्रिया