Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- चिनियाँ प्रधानमन्त्री वेन जियाबाओ राष्ट्रपति डा. रामवरण यादवसंगको भेटवार्ताका लागि राष्ट्रपति भवन पुगेका छन् ।
उनी सिंहदरवारमा समकक्षी डा. बाबुराम भट्टराईद्वारा आयोजित दिवाभोज तथा दलका नेताहरुसंगको भेटघाट सकेर राष्ट्रपति भवन शितल निवास पुगेका हुन् । उनी त्यहीबाट सिधै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल जानेछन् र कतारको राजधानी दोहतर्फ लाग्नेछन् ।
प्रधानमन्त्री भट्टराईले उनलाई विमानस्थलमा विदाई गर्ने छन् । यसअघि दिवा भोजका क्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल, तराई मधेस लोकतान्त्रिक पार्टीका महन्थ ठाकुरलगायतका नेताहरुसंग जियाबाओले भेटघाट गरेका थिए ।
तपाईको प्रतिक्रिया