Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – प्रधानमन्त्री डा. बाबुराम भट्टराई र चिनियाँ समकक्षी वेन जियाबाओबीच अहिले सिंहदरवार बार्ता सुरु भएको छ । वार्तामा  प्रधानमन्त्रीहरु मात्र एक्ला एक्लै बार्तामा रहेका छन् ।
यसअघि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । उनी चाइना एयरको बिशेष विमानबाट ११ बजेर ५३ मिनेटमा त्रिभूवन विमानस्थल ओर्लिएका हुन् । यो निर्धारित समयभन्दा ५३ मिनेट ढिला थियो । विमानस्थमा स्वागत गरिसकेपछि प्रधानमन्त्री भट्टराई र मन्त्रीहरुले फर्केर सिंहदरवारमा स्वागत तथा सम्मानको तयारी गरेका थिए । प्रधानमन्त्री भट्टराई र मन्त्रीहरु सिंहदरवार पुगेको करिव १० मिनेटमा चिनियाँ प्रधानमन्त्री जियाबाओ पनि पुगेका थिए ।

उनको सवारी चलाउनका लागि विमानस्थलदेखि सि‌हदरवारसम्मको बाटो खाली गराइएको थियो । ***

तपाईको प्रतिक्रिया