Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024
धादिङ – आज बिहान धादिङबेसीमा एक प्रहरी जवानले झुण्डिएर आत्महत्या गरेका छन्।
निलकण्ठ उच्च माविको प्राङगणमा रहेको रुखमा झुडिरहेको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गर्दा सो शव धादिङकै झार्लाङ गाविस घर भएका प्रहरी जवान दलबहादुर तामाङको भएको जिल्ला प्रहरी कार्यालय धादिङले पुष्टि गरेको छ।
मृतक जवान हाल सिन्धुपाल्कोक जिल्लामा कार्यरत रहेको प्रहरीले जनाएको छ। उनले आत्महत्या गनुको कारण भने खुल्न सकेको छैन। शव स्थानीय मुचुल्कापछि  पोष्टमार्टमका लागि जिल्ला प्रहरी कार्यालय धादिङ लगिने बताइएको छ।
तपाईको प्रतिक्रिया