Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
सुनसरी- विदेशबाट घर आए लगतै सुनसरीका एक पुरुषले आज पत्‍नीको हत्या गरेका छन् । मधेसा-४ का इन्द्रलाल सरदारले ३२ वर्षीया पत्‍नी दयावतिको हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्या गरे लगत्तै उनी फरार छन् । इन्द्रलाल आज बिहान मात्र कतारबाट घर आइपुगेका थिए ।
बिहान ८ बजेतिर घर आइपुगेका इन्द्रलाल र दयावतिबीच मध्यान्हतिर विवाद भएपछि घाटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको डिएसपी यमुना रजकले जानकारी दिनुभयो ।
दयावतिको घटनास्थलमै मृत्यु भएको हो । हत्याबारे अनुसन्धान थालिएको छ । प्रहरीले दयावतीका ससुरा सुर्य सरदार र जेठाजु तिलक सरदारलाई पक्राउ गरेको छ ।
तपाईको प्रतिक्रिया