Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाण्डौं-  एक बर्ष अघि माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका नेताहरु स्वीट्जरल्याण्ड पुगेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसदबाट निर्वाचित प्रधानमन्त्री राख्ने शासन प्रणाली अपनाउने सहमती गरेको अहिले खुलेको छ ।
सम्मेलनमा नेपाली कांग्रेसका प्रकाशमान सिंह, विमलेन्द्र नीधि र अर्जुन नरसिंह केसी तथा एमालेको तर्फबाट नेता ईश्वर पोखरेल, भिम रावल र प्रदीप ज्ञवाली तथा माओवादीबाट लिलामणि पोख्रेल र खिमलाल देवकोटा सहभागी हुनुहुन्थ्यो ।
सम्मेलनमा मानवअधिकारकर्मी पद्य्मरत्न तुलाधर र दमननाथ ढुंगानाले सहजकर्ताको भूमिका निभाउनुभएको थियो । काँग्रेसले अहिले आएर त्यो सहमति नमान्ने भनेपछि अहिले दलहरुबीच पोल खोलाखोल सुरु भएको छ । यसअघि नै शासकिय स्वरुपका बारेमा सहमति भइसकेको र काँग्रेस त्यो सहमतिबाट पछि हटेको अरु दलका नेताहरुले बताइरहेका छन् ।
तपाईको प्रतिक्रिया