Deneme Bonusu Veren Siteler
बुधबार, माघ ३०, २०८१
Wednesday, February 12, 2025
भर्जिनिया- भर्जिनिया राज्यको लाउडन काउन्टीमा डेमोक्रेटिक पार्टीको स्थानीय नेतृत्व तहमा एकजना नेपाली पुगेका छन् । शनिबार भएको पार्टीको चुनावमा प्रतिद्वन्द्वीले उम्मेद्वारी फिर्ता लिएपछि १३ वर्षदेखि राष्ट्रपति बाराक ओबामको दलमा सक्रिय हरि शर्मा काउन्टीको कोषाध्यक्षमा निर्वाचित भएका हुन् । झम्सिखेल ललितपुर पुर्ख्यौली घर भएका शर्मा २३ वर्षअघि उच्च शिक्षाका लागि अमेरिका पुगेका थिए ।
गत राष्ट्रपति चुनावमा ओबामाको पक्षमा खटेका शर्माले विजयसँगै खुशी व्यक्त गरेका छन् । ‘अवसरको यो भूमि (अमेरिका) मा आफूले चाहेको गन्तव्यमा पुग्न सकिन्छ भन्ने उदाहरणको पहिलो प्रयासको रुपमा मैले यो जिम्मेवारीलाई लिएको छु । यसमा म एक आप्रवासी नेपालीको नाताले गौरव महसुस गर्दछु’, शर्मालाई उदृत गर्दै ग्लोबनेपाल डट कमले लेखेको छ ।
२३ बर्ष अघि उच्चशिक्षा अध्ययनका लागि अमेरिका पुगेका ललितपुर झम्सीखेल पुर्ख्यौली थलो भएका शर्मा यहाँको नेपाली समुदायमा सक्रिय छन् । पेशाले उनी पब्लिक एकाउण्टेन्ट भए तापनि सामाजिक रुपमा एएनए, एनआरएन लगायतका नेपाली सँघसंस्थामा शर्माको सक्रिता छ । यसपटक स्थानीय पार्टी नेतृत्वको भूमिका आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति निर्वाचनका कारण पनि निकै महत्वपूर्ण हुनेछ । नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा भर्जिनिया राज्यका सिनेटर मार्क हेरिङ र लाउडन काउन्टीका बोर्ड सुपरभाइजरसहित अन्य डेमोक्र्याट सिनियरहरु सहभागी थिए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया