काठमाडौं उपत्यका नगर विकास समितिले पर्खाल भत्काउने जानकारीसहितको पत्र पठाई वैकल्पिक व्यवस्था गर्न राष्ट्रपति कार्यालयलाई आग्रह गरिसकेको छ ।
शीतलनिवासको पर्खालभन्दा भित्र चारदेखि साढे चार मिटरसम्म सडक विस्तार हुनेछ । सडक विस्तार गर्ने क्रममा शीतलनिवासको पर्खाल पनि निसानामा परेको हो ।