बिहिबार, फाल्गुण १०, २०८०
Thursday, February 22, 2024
काठमाडौं- संवैधानिक समितिको बिहीबारको बैठक बिना निष्कर्ष सकिएको छ ।
माओवादी र एमालेका शिर्ष नेताहरु अनुपस्थित बैठकमा माओवादी वैद्य पक्षीय नेताहरुले उपसमितिमा भएका सहमति नमान्ने अडान लिएपछि बैठक बिना निष्कर्ष सकिएको हो ।
भूमिसुधारको विषयमा उपसमितिमा भएको सहमति वैद्य पक्षीय नेताहरुले नमान्ने अडान लिएपछि निष्कर्षमा नपुगेको कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो । यसअघि उपसमितिले नीजि सम्पत्तिमा हदबन्दी नलगाउने, जग्गामा हदबन्दी लगाउने र त्यस्को मुआव्जा दिने सहमति गरेको थियो । त्यस विषयमा वैद्य समूहले असहमति जनाउँदै आएको थियो ।
नेता पौडेलकाअनुसार बैठकमा संविधानको नामको विषयमा पनि फरक मतहरु आएका छन् । उपसमितिले संविधानको नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान राख्नुपर्ने सिफारिश गरेको थियो । तर बिहीबारको बैठकमा यसविषयमा पनि फरक धारणा आएको नेताहरुले बताएका छन् ।
शासकीय स्वरुपको विषयमा दलहरुबीच स्वीजरल्याण्डमा कुनै सहमति नभएको नेता पौडेलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया