Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- आमाको दूध मात्रै खाने बालबालिका बोतलको दुध खाने भन्दा धेरै रुने गरेको एक अध्ययनले देखाएको छ । बेलायती अनुसन्धानकर्ताले गरेको अनुसन्धानका क्रममा यस्तो पाइएको हो ।
अनुसन्धानकर्ताका अनुसार बोतलको दूध खाने बालबालिका आमाको दुध खानेहरु भन्दा कम रुन्छन् । बोतलको दूध वा अरु ठोस खानेकुरा खाने बच्चाहरुलाई ढिलो भोक लाग्ने भएकाले उनीहरु कम रुने गरेको विज्ञको भनाई छ ।
आमाको दूध मात्रै खाने बच्चाहरु छिटो भोकाउने भएकाले स्तनपान गराउन झण्झट मानेर बोतलको दूध खुवाउने प्रवृत्ति बढ्दो छ । तर त्यस्ता बालबालिका आवश्यकता भन्दा बढी मोटाउने र स्वास्थ्य पनि ठिक नहुने भएकाले आमाकै दूध खुवाउन पनि विज्ञहरुले सुझाव दिएका छन् ।
उनीहरुले आमाको दूध मात्रै खाने बालबालिका धेरै रुनु उनीहरुले भोक लाग्यो भनेर आमालाई जानकारी दिने प्राकृतिक तरिका भएको भन्दै चिन्ता नलिन पनि सुझाव दिएका छन् ।
तपाईको प्रतिक्रिया