Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
टोकियो– पूर्वी जापानमा बिहीबार ५ दशमलव ७ रेक्टर स्केलका भूकम्प गएको छ । फुकुसिमा परमाणु केन्द्र नजिकै गएको भूकम्पबाट भौतिक र मानवीय क्षति भने भएन ।
अमेरिकी भूवैज्ञानिक सर्वेक्षण केन्द्रका अनुसार फुकुसिमा केन्द्रको २२ किलोमिटर पूर्वमा मध्यान्ह १२ बजेर २० मिनेटमा ९ किलोमिटर गहिरो धक्का महसुस गरिएको हो ।
यद्यपि फुकुसिमा परमाणु केन्द्र पनि स्थिर रहेको अधिकारीहरुले जनाएका छन् । जापान मेट्रोलोजिकल एजेन्सीले सुनामी सम्भावना अस्वीकार गरेको छ ।
गत मार्च ११ मा गएको ९ रेक्टर स्केलको राक्षसी भूकम्पका कारण १९ हजारको मृत्यु भएको थियो भने हजारौं घाइते, अपाङ्ग र घरबारविहीन भएका थिए ।
तपाईको प्रतिक्रिया