Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- एकीकृत नेकपा माओवादीको आज बस्ने भनिएको केन्द्रीय समिति बैठक पनि अन्योलमा परेको छ । बिहान ११ बजे बैठक बोलाइएपनि पार्टीका सल्लाहकार परिषदका महासचिव भक्तबहादुर श्रेष्ठको श्रद्धाञ्जली कार्यक्रम भएकाले बैठक अन्योलमा परेको नेताहरुले बताएका छन् ।
अध्यक्ष र उपाध्यक्षको प्रतिवेदनलाई मिलाएर साझा कार्यक्रम बनाउन गृहकार्य गर्न भन्दै माओवादी बैठक पटकपटक स्थगित हुँदै आएको छ ।
बरिष्ठ उपाध्यक्ष मोहन बैद्य ‘किरण’ समुहले अहिलेकै सरकारमा नजाने र संस्थापन पक्षले अहिलेको सरकारको विकल्प खोज्न नहुने अडान लिएपछि मत्थर हुन लागेको विवाद बल्झिन लागेको  हो ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छानेर मन्त्रालय दिने गरी वैद्य पक्षलाई सरकारमा सामेल गराउने विषयमा गृहकार्य शुरु गरे लगत्तै बैद्य पक्षले सरकारमा नजाने निर्णय गरेको छ ।
तपाईको प्रतिक्रिया