बिहिबार, फाल्गुण १०, २०८०
Thursday, February 22, 2024
काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार नयाँदिल्ली प्रस्थान गरेका छन् । भारतको मध्यप्रदेश राज्यको जयपुरमा रहेका आफन्तको विहेमा भाग लिन पूर्वराजा पत्नी कोमलसाथ दिल्ली गएका हुन् ।
पूर्वराजा दिल्ली जान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा राजावादीहरुले समर्थन नारा लगाएका थिए । पूर्वराजदम्पत्ति दुई साता भारतमै रहने पूर्वसंवाद सचिव फणिराज पाठकले जानकारी दिए ।
बुधबार दिल्लीमै बस्ने ज्ञानेन्द्र बिहीबारमात्र जयपुर जानेछन् । भारतमा रहँदा उनले राजनीतिक भेटवार्तासमेत गर्ने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया