Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौ- एकीकृत नेकपा माओवादी पोलिटब्यूरो सदस्य शक्ति बस्नेतले डा. बाबुराम भट्टराई नेतृत्वकै सरकारलाई पुर्नगठन गरेर बरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरण पक्षधर नेताहरुलाई पनि सरकारमा सहभागी गराउने तयारी भईरहेको खुलासा गरेका छन । उनले भने-बैद्यजीहरुको सरकार प्रतिको आक्रमकता पनि अहिले घटेको छ यो पुर्नगठनकै प्रयास हो ।
रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा बस्नेतले प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजिनामाको अहिले कुनै आवश्यकता नभएको भन्दै सरकार परिवर्तन नहुने ठोकुवा गरे ।
साक्षात्कारमा उनले  पार्टी भित्रको अन्तरद्धन्द्धले शान्ति प्रक्रियामा कुनै असर नपरेको दावी गर्दै काँग्रेसको हटले शान्ति प्रक्रिया अबरुद्ध भएको आरोप लगाए ।
उनले माओवादीले जनवादी राज्यसत्ता हुने ब्यवस्था छाडिसकेको अवस्थामा काग्रेसले संसदीय प्रणालीबाट पछि हट्दैनौ भन्न नहुने भन्दै कुनै दलले अडान लिईरहने भए संविधान नबन्ने ठोकुवा गरे ।
बस्नेतले काँग्रेसले संविधान निर्माणको कार्यतालिका परिवर्तन गराएपछि माओवादीमा शान्ति प्रक्रिया टुङग्याएर संविधान निर्माण नगर्ने षडयन्त्र भईरहेको आशंका भएको भन्दै शान्ति प्रक्रिया र संविधान निर्माणकोकार्यलाई सँगसँगै अगाडि बढाउन माओवादी तयार रहेको बताए ।
उनले भने-संविधान निर्माण कार्यतालिकासँग सँगै शान्ति प्रक्रिया अगाडि बढाउन हामि तयार थियौ । संविधानको प्रारम्भिक ड्राफ्ट बनाउने र शान्ति प्रक्रिया पनि एउटा निश्चित विन्दुमा पुर्याउनु पर्छ ।
उनले आफुहरु संसदबाट निर्वाचित र प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा रहेको भन्दै त्यसले नै नेपालको अस्थिरतालाई अन्त्य गर्ने दावी पनि गरे ।
तपाईको प्रतिक्रिया