Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– बुढेसकालमा जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वाला सिंह)ले संघीयताविरोधमा नबोल्न मोबाइलबाट धम्की दिएपछि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निकै रिसाएका छन् ।
‘चित्रबहादुरले संघीयता राखेर संविधान जारी गर्न कहाँ रोकेको छ ?,’ उनले आफ्नै निवासमा बुधबार बिहान सञ्चारकर्मीसँग भने, ‘बरु राजनीतिक दलहरु आफैं अप्ठ्यारो अवस्थामा पुगेका छन् ।’
संघीयताको निर्णयपछि भूगोल, जाति, भाषा खण्डित भएको बताउँदै उनले जातीय सेनाले भावनात्मक एकता टुटाउने बताए । ‘चित्रबहादुरले किन बोल्ने संघीयताले मुलुक विखण्डित गर्छ भनेर,’ उनले भने, ‘अब त सवैले यहि भन्न थालेका छन् ।’
संघीयताका विषयमा विज्ञ तथा अन्य दलले अमेरिका, स्वीजरल्याण्ड जर्मनीमा भएको उदाहारण दिने गरेको उल्लेख गर्दै उनले भने, ‘त्यहाँ त पूर्वाधार थियो नि । त्यहाँ त असफल भएको छ मैले पनि भनेको छैन नि ? नेपालको सन्दर्भमा पो तर सान्दर्भिक छैन भनेको हो ।’
संविधानसभाका २७ दलमध्ये संघीयता नमान्ने केसीकोमात्रै एउटा दल छ ।
तपाईको प्रतिक्रिया