सोमबार, फाल्गुण १४, २०८०
Monday, February 26, 2024
काठमाडौं– अन्तिम पटकका लागि भनी ६ महिना थपिएको म्याद आधातिर पुग्न लाग्दा दलहरुबीच फेरि बेमेल सुरु भएको छ ।
खासगरी संविधान निर्माणमा भएका पछिल्ला सहमतिप्रति रुष्ट उपाध्यक्ष मोहन वैद्यलाई मिलाउन अध्यक्ष प्रचण्ड कांग्रेससँग टाढिएपछि संविधान निर्माण भाँडिने संकेत मिलेको छ । कार्यकारी राष्ट्रपतिको पार्टी अडान अन्य दलले नमानेपछि वैद्यसँग निकट भएका प्रचण्डकै अध्यक्षतामा बसेको पदाधिकारी बैठकले जनसंविधान बनाउन जनपरिचालन गर्ने निर्णय गरेको छ ।
माओवादीसँग रुष्टहरुले छुट्टै गठबन्धन बनाएपछि संविधान निर्माण ओझेलमा पर्ने निश्चित भएको छ । अबको राजनीति फेरि पनि प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि बढेको दुई शक्ति संघर्षझैं हुने निश्चित छ ।

तपाईको प्रतिक्रिया