Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
संखुवासभा- आनी (बौद्ध भिक्षुणी) लाई सामूहिक बलात्कार गर्ने पाँच जनालाई चैनपुरस्थित जिल्ला अदालतले १२/१२ वर्ष कैद सजाय सुनाएको छ ।
जिल्ला न्यायाधीश शालिग्राम कोइरालाको बन्द इजलासले उनीहरूलाई दोषी ठहर गर्दै सोमबार उक्त सजाय सुनाएको हो । सामूहिक बलात्कार गर्नेमध्ये राजकुमार लिम्बू, भुवन कोरङ्गी, सोभित मगर र अभिषेक मगरलाई १२/१२ वर्षको सजाय र उनीहरूलाई साथ दिएकोमा द्रोणबहादुर राईलाई ६ वर्षको कैद सजाय सुनाइएको छ । मुलुकी ऐनको जबरजस्ती करणीको महलअनुसार चार जनालाई ३ (५) बमोजिम ७ वर्ष र सामूहिक रूपमा यौनदुव्र्यवहार गरेकाले मुलुकी ऐनको २ (क) बमोजिम थप ५ वर्ष गरी १२ वर्षको सजाय सुनाइएको स्रेस्तेदार प्रकाश घिमिरेले बताए ।
‘द्रोणबहादुर राईलाई भने जबरजस्तीको उद्योगमात्रै गरेकाले ६ वर्षको सजाय सुनाइएको हो,’ घिमिरेले भने । घटनामा आनीको साथबाट लुटिएको १ लाख ३० हजार रुपैयाँसमेत अदालतले दामासाहीले भराउने फैसला गरेको छ । अभियुक्त राजकुमार, भुवन, सोभित र अभिषेकलाई जनही ५० हजारका दरले क्षतिपूर्ति तिराउने फैसला गरिएको उनले बताए । उनका बाबु कृष्णबहादुर तामाङले दिएको जाहेरीका आधारमा मुद्दाको फैसला गरिएको अदालतले जनाएको छ ।
पीडितको पक्षमा सरकारी वकिल कृष्णबटु भण्डारीलगायत महिला तथा कानुन विकास मञ्च काठमाडौंबाट अधिवक्ता मीरा ढुंगाना, सुष्मा गौतम र उमेश शाक्यले बहस गरेका थिए । अभियुक्तका तर्फबाट भने भवानी आचार्यले बहस गरेका थिए ।
सुनसरीको धरानबाट संखुवासभाको सदरमुकाम खाँदबारी आउन लाग्दा असार १० गते राति यात्रुबसका चालक, सहचालक र सहयोगी सहित ५ जनाले भोजपुरकी ती युवतीलाई संखुवासभाको खराङ गाविसमा पर्ने सभाखोला किनारमा बसभित्रै सामूहिक बलात्कार गरेका थिए ।
तपाईको प्रतिक्रिया