Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
बेल्जियम- जलविद्युतमा लगानी गर्नका लागि गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद्ले पुँजी जुटाउने अभियान सुरु गरेको छ ।  गैरअवासीय नेपालीको तर्फबाट पाँच अर्व रुपैयाँ लगानी गर्ने उद्देश्यसाथ अभियान सुरु गरिएको हो । बाँकी दश अर्व भने बैकहरुले हाल्नेछन् ।
संघको अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष जिवा लामिछानेको सक्रियतामा बेल्जियम, नेदरल्याण्ड, जर्मनी, फ्रान्स तथा स्पेनका गैर आवासीय नेपाली संघका पदाधिकारीहरु, नेपाली संघसंस्था तथा व्यपारीहरु विच अन्तर्क्रिया भएको छ ।
उक्त लगानीमा संघको स्वामित्व नभइ इच्छुक गैर आवासीय नेपालीहरुको सामुहीक लगानी हुने छ । अध्यक्ष लामिछानेका अनुसार उक्त परियोजनाका लागि एक लाख रुपैयाँदेदेखि एक करोड रुपयाँसम्म लगानी गर्न सकिने  र सन् २०१२ को अक्टोबरसम्ममा रकम जम्मा गरिसक्ने लक्ष्य रहेको छ । गैर आवासीय नेपाली संघको छैटो अधिवेशन पूर्व नै निमार्णको काम थालनी गरिने र ४ देखि ५ वर्षसम्ममा परियोजना सञ्चालनमा आउने छ ।
धेरै भन्दा धेरै गैर आवासीय नेपालीहरुलाई परियोजनामा संलग्न गर्ने र एक लाख भन्दा कम लगानीकर्ताहरुलाई समेत सहकारी मार्फत सेयर सदस्य बनाउने व्यवस्था समेत गरिने बताइएको छ । इच्छुक लगानीकर्ताहरुबाट पुँजी संकलन गर्नको लागि अन्य मुलुकहरुमा पनि अन्तरक्रियाहरु आयोजना गरिने अध्यक्ष लामिछानेले बताए ।
बेल्जियममा भएको कार्यक्रम भने एनआरएन बेल्जियमकी अध्यक्ष जानकी गुरुङको अध्यक्षतामा भएको थियो । गैर आवासीय नेपाली संघको युरोपीयन संयोजक कुमार पन्त, बेल्जियमका आइसीसी त्रय रविन्द्र श्रेष्ठ, अर्जुन श्रेष्ठ, पिजी शेर्पा, एनआरएन नेदरल्याण्डका अध्यक्ष नारायण आर्चाय, आइसीसी सदस्य शारदा बराइली, एनआरएन स्पेनका अध्यक्ष अर्जुन  काफ्ले, फ्रान्स एनआरएनका आइसीसी अशोक न्यौपाने अध्यक्ष निर्मल अर्याललगायतको सहभागिता थियो
कार्यक्रममा नेपाल व्यवसायी संघ बेल्जियमका अध्यक्ष हरि कुमार थपलिया, गैर आवासीय नेपाली संघ नेदरल्याण्डका अध्यक्ष नारायण आर्चाय एनआरएन फ्रान्सका अध्यक्ष निर्मल अर्याल, एनआरएन रसियाका आइसीसी सदस्य बद्री केसी, बेल्जियम एनआरएन आइसीसी सदस्य अर्जुन कुमार श्रेष्ठ, एनआरएन युरोप क्षेत्रीय संयोजक कुमार पन्तले आ–आफ्नो देशको दृष्टिकोण सहितको मन्तव्य राखेका थिए ।
एनआरएन बेल्जियमका महासचिव शिव कुमार बरुवालद्धारा संचालन गरिएको उक्त कार्यक्रममा एनआरएन बेल्जियमका उपाध्यक्ष अनिता लामाले स्वागत गरेका थिए ।
विज्ञप्ती
यहि ७ जनवरी २०१२ मा गैर आवासीय नेपाली संघ बेल्जियमको आयोजनामा गैर आवासिय नेपाली संघ अन्तारास्ट्रिय समन्वय समितीका अध्यक्ष जिबा लामिछानेको प्रमुख आतिथ्य बेल्जियमको एन्टेर्पेन शहरमा गैर आवासिय नेपालीको सामुहिक लगानी बिषयक अन्तर्क्रिया कार्यक्रम बेल्जियम बासी नेपालीहरू अपार सहभागिताका साथ् भब्य रुपमा सम्पन्न भएको छ । गैर आवासिय नेपाली संघको पाचौ बिश्वो सम्मेलन बाट पारित घोषणा पत्र अनुसार् यस कार्यकालमा संसारमा छरिएर रहेका सम्पुर्ण नेपालीको ससाना देखि ठुला ठुला पुंजी हरू एकै ठाउँमा जम्मा गरि नेपाल् को आर्थिक बिकाशको लागि लगानी गर्ने एन आर एन ए को कार्यक्रम अन्तर्गत यस गैर आवासिय नेपालीको सामुहिक लगानीको बिषयमा संसारमा रहेका नेपालीहरूलाई जानकारी गराउने उदेश्यका साथ बेल्जियम आइ पुग्नु भएका गैर आवासिय नेपाली संघ अन्तारास्ट्रिय समन्वय समितीका अध्यक्ष जिबा लामिछानेले बेल्जियममा आयोजित गैर आवासिय नेपालीको सामुहिक लगानी बिषयक अन्तर्क्रिया कार्यक्रम प्रमुख अतिथिको आसन बाट बोल्दै एन आर एन को संस्था सुरु भएको यो ८ बर्षको अबधीमा एन आर एन ए ले धेरै महत्वो पूर्ण काम हरू गर्न सुरु गरेको र यी कामहरू मध्य नेपालको आर्थिक बिकाशको लागि हामि सबै गैर आबसिय नेपालीले आफूले सिकेका सिप आर्जन गरेको पुंजी नेपालमा भित्र्याउने उदेश्य अनुरुप एन आर एन ए ले यो सयुक्त लगानीको अबधारणा अगाडी सारेको कुरा ब्यक्त गर्दै यो एउटा नाफा मुलक परियोजन भएपनि यस्ले हामि लगानी कर्ता लाई मात्र नभएर हाम्रो देश नेपाल् र नेपाली लाई पनि फाईदा पुग्ने कुरा ब्यक्त गर्नु भएको थियो । उहाँले यस गैर आवासिय नेपालीको सामुहिक लगानीको अबधारणा सबिस्तार जानकारी गराउदै २०१२ को अक्टोबर सम्मा कम्पनी स्थापना गरिसकिने जनाउदै लगानी गर्न इच्चुक गैर आवासिय नेपाली ले एक लाखबाट एक करोड सम्मा लगानी गर्न सकिने समेत बताउनु भयो साथै उहाँ ले नेपाल् मा धेरै बिद्युत निकाल्ने क्षमता हुँदा हुँदै पनि बिद्युतको अभाबमा नेपालीले दिनहु लोड सेडिङ को मार खेप्नु परेको र नेपाल सरकारले अब को ५ बर्ष लाई उर्जा संकटको बर्ष घोषणा गरि जल बिद्युतमा लगानी गर्न आवहान गरेकोले सुरुको यो लगानी जल बिद्युतमा लगानी गर्ने कुरा प्रस्ट पार्नु भएको थियो ।
त्यस्तै यस कार्यक्रम् मा गैर आवासिय नेपाली संघ युरोप क्षेत्रका संयोजक कुमार पन्त, गैर आवासिय नेपाली संघ अन्तारास्ट्रिय समन्वय समितीका बेल्जियमका सदस्य अर्जुन कुमार श्रेष्ठ, अन्तारास्ट्रिय समन्वय समितीका रसियाका सदस्य बद्री केसी गैर आवासीय नेपाली संघ नेदरल्याण्डका अध्यक्ष नारायण आर्चाय एनआरएन फ्रान्सका अध्यक्ष निर्मल अर्याल, गैर आवासीय नेपाली संघ  स्पेनका अध्यक्ष्य अर्जुन काफ्ले ,नेपाल व्यवसायी संघ बेल्जियमका अध्यक्ष हरि कुमार थपलिया लगायतले यस सयुक्त लगानीको बिषयमा आफ्ना बिचार राख्दै यस अबधारणा अतिनै राम्रो भएकोले यो काम जति सक्दो छिटो सुरु गर्नु पर्ने र आफ्नो आफ्फ्नो देश् मा पनि यो काम तुरुन्त सुरु गर्ने बिचार ब्यक्त गर्नु भएको थियो । एनआरएन बेल्जियमका अध्यक्ष जानकी गुरुङ्गको अध्यक्षतामा संपन्न उक्त कार्यक्रममा प्रमुख अतिथी गैर आवासीय नेपाली संघ अन्तराष्टिय समन्वय परिषदका अध्यक्ष जिवा लामिछाने, गैर आवासीय नेपाली संघ युरोपियन संयोजक कुमार पन्त , बेल्जियमका आइसीसी त्रय रविन्द्रमान् श्रेष्ठ, अर्जुन कुमार श्रेष्ठ, पिजी शेर्पा, एन आर एन आइ सी सी रसिया का सदस्य डा बद्री केसी , सपिला राज भन्डारी , एन आर एन ए फ्रान्सका आइ सी सी सदस्य अशोक न्यौपाने , एनआरएन नेदरल्याण्डका आइ सी सी सदस्य शारदा बराइली एनआरएन नेदरल्याण्डका अध्यक्ष नारायण आर्चाय, , एनआरएन स्पेनका अध्यक्ष अर्जुन काफ्ले, एनआरएन फ्रान्सका अध्यक्ष निर्मल अर्याल, एन आर एन ए फ्रान्स का निबर्तमान आइ सी सी सदस्य हरिहर अर्याल लगायत बेल्जियमा विभिन्न संघसंस्थाका अध्यक्ष, प्रतिनिधी एवं नेपाली समुदायको उल्लेख्य रुपमा उपस्थिती रहेको थियो ।
कार्यक्रमा च्यारिती टास्क फोर्सका केचियर्स सपिला राजभण्डारीले यस टास्क फोर्स अन्तरगत भए गरेका काम तथा प्रगतिका र आगामी २ वर्षका कार्यक्रमहरुका बारेमा जानकारी गराउनु भएको थियो ।
एनआरएन बेल्जियमका महासचिव शिव कुमार बरुवालद्धारा संचालन गरिएको उक्त अन्तरकृया कार्यक्रममा सुरेन्द्र भुषाल, गंगाधर गौतम, विष्णु भुजेल, सिता सापकोटा, लिला शर्मा मानन्धर, हरिहर अर्याल, पिजी शेर्पा, मिन बहादुर जोशी, बोधराज पौडेल, शालिक गौतम, जित लामा, ओम शर्मा, कृष्ण तिवारी, विनोद बानियाले आफ्नो जिज्ञासा तथा सुझाव राख्न्नु भएको थियो भने एन आर एन ए बेल्जियम का उपाध्यक्ष्य अनिता लामाले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो संस्थाकाी सचिज अनुजा प्रधानले उपस्थिती अभिलेख राख्नु भएको थियो भने सुस्मा श्रेष्ठ र सरस्वति सुबेदीले अतिथीलाई व्याज लगाइदिनु भएको थियो भयो ।
यस अन्तर्क्रिया कार्यक्रम् पछि एन आर एन ए बेल्जियमले एन आर एन ए का अध्यक्ष जिबा लामिछाने लगायत उपस्थित सम्पुर्ण पाहुनाको स्वागातार्थ एक रात्री भोज कार्यक्रम् को आयोजना गरेको थियो ।
शिव कुमार बरुवाल 
महासचिब
एन आर एन ए बेल्जियम
तपाईको प्रतिक्रिया