Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– प्रधानमन्त्री डा. बाबुराम भट्टराई सरकारलाई समर्थन गरेका आधा दर्जन दलले समर्थन फिर्ता लिने तयारी गरेका छन् ।
समर्थन फिर्ता लिने दलको सूचि समुद्रपारि डट कमले फेला पारेको छ । उनीहरु अब एमाले–कांग्रेसको माओवादीविरुद्धको गठबन्धनमा सहभागी हुने स्रोतको दाबी छ । यद्यपि साना दलको समर्थन फिर्ताले पनि सरकार भने ढल्दैन तर नैतिक दबाब भने हुनेछ ।
११ सीट रहेको मधेसी जनअधिकार फोरम नेपालले फिर्ता लिएपछि सरकारलाई सहयोग गर्नेहरु बाहिरिन थालेका हुन् । उनीहरुले राजनीतिक आरोप लगाउँदै समर्थन फिर्ताको तयारी गरे पनि मन्त्री नपाएको झोंक रहेको स्पष्टै देखिन्छ ।
समर्थन फिर्ता लिने सूचिमा नेकपा संयुक्त, नेकपा माले (समाजवादी), परिवार दल, राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत), समाजवादी जनता दल, नेपाल लोकतान्त्रिक समाजवादी दल र राष्ट्रिय जनमुक्ति पार्टी छन् ।
तपाईको प्रतिक्रिया