Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – विज्ञहरूले पृथ्वीनारायण शाहको नाममा ‘नेपाल दिवस’ मनाउन प्रस्ताव गरेका छन् । उनले राष्ट्रनिर्माणका साथसाथै राष्ट्रियताप्रति बलियो जगसमेत हालेकाले राजनीतिक दृष्टिकोणले मात्र हेर्न नहुनेसमेत उनीहरूको भनाइ छ ।

‘मुलुकमा जस्तोसुकै राजनीतिक उथलपुथल भए पनि पृथ्वीनारायण शाहको योगदानलाई ओझेलमा पार्न मिल्दैन,’ सीमाविद् बुद्धिनारायण श्रेष्ठले राष्ट्रिय एकता तथा २९० औं पृथ्वीजयन्ती मूल नागरिक समारोह समितिको अन्तरक्रियामा शनिबार भने, ‘यदि उनले नेपाल एकीकरण नगरेको भए हामी छरपष्ट हुन्थ्यौं । उनी गोरखा राज्यका भएर पनि एकीकरणसँगै ‘नेपाल’ देशको नामकरण गरेर नेपाल राष्ट्रको जन्म दिएका हुनाले उनको जन्मोत्सवलाई विश्वभरका नेपालीले नेपाल दिवसका रूपमा मनाउँदा अन्यथा ठहर्दैन ।’

पृथ्वीनारायण शाहले १८२६ मंसिर १ गते नेपाल राज्यको नामकरण गरेका थिए । उनको दिव्योपदेशमात्र मनन गर्ने हो भने पनि कूटनीतिक, आर्थिक, सामाजिक दृष्टिकोणले महत्त्वपूर्ण रहेको श्रेष्ठ बताए । ‘अब राज्य पुनर्संरचना हुँदा पृथ्वीनारायण शाहले भनेका सबै जातको फूलबारी बनाउन सक्नुपर्छ,’ उनले भने, ‘पृथ्वीनारायणलाई राष्ट्रवादको जडको रूपमा लिइनुपर्छ ।’

जनआन्दोलन २०६२/६३ पछि बनेको सरकारले पुस २७ गते मनाइँदै आएको ‘राष्ट्रिय एकता तथा पृथ्वीजयन्ती’ खारेज गरिसकेको छ ।

इतिहासविद् त्रिरत्न मानन्धरले पृथ्वीनारायण शाहले गोरखाको विस्तृतीकरण नभई नेपाल एकीकरण गरेकाले तत्कालीन इतिहासको विश्लेषण गर्दा त्यही बेलाको परिवेश तथा परिस्थिति अनुकूल लिनुपर्ने बताए । ‘इतिहासलाई विश्लेषण गर्दा त्यही बेलाको आँखाले हेर्नुपर्छ, अहिलेको होइन’, त्यो युद्धको युग भएको उल्लेख गर्दै उनले भने, ‘इटली र जर्मनको एकीकरण पनि युद्धबाटै भएको थियो । चार जात छत्तीस वर्णको फूलबारी बनाउने उनै हुन् ।  ‘

इतिहासविद् सुरेन्द्र केसीले पुर्खाले आर्जेको मुलुकको ऐतिहासिक, सांस्कृतिक सम्पदालाई सम्मान र संरक्षण गर्न सक्नुपर्ने बताए । ***

तपाईको प्रतिक्रिया