Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- सूचना तथा सञ्चार मन्त्री जयप्रकाश प्रसाद गुप्ताको भ्रष्टाचार मुद्दाको फैसला फेरि सरेको छ ।
फैसलाको पूर्णपाठ तयार पार्न नभ्याएको भन्दै फागुन ९ गतेसम्मका लागि सारिएको हो । न्यायाधीशद्वय सुशीला कार्की र तर्कराज भट्टको संयुक्त इजलासले गुप्ताको भ्रष्टाचार मुद्दाको किनारा लगाउन लागेको थियो । सर्वोच्चमा विचाराधिन मुद्दाको सुनुवाई मंसिर २१ गते नै सकिए पनि फैसला सुनाउने मिति एक महिनापछि तोकिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)का अध्यक्षसमेत रहेका गुप्तामाथि २ करोड ८ लाख ८ हजार गैरकानुनीरुपमा कमाएको भन्दै २०५९ साल चैत ६ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेषका तत्कालिन अध्यक्ष भूपध्वज अधिकारीले सम्पत्तिको स्रोत खुलेको भन्दै उनलाई २०६४ साल जेठ २४ गते सफाई दिएको थियो ।
विशेषको फैसलाविरुद्ध सरकारले २०६४ साल कात्तिक २२ गते सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो ।
तपाईको प्रतिक्रिया