Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024
काठमाडौं– आफूले पाएको अख्तियारी निष्पक्ष रू पले बहन गर्न नसकेको आरोप खेप्दै आइरहेको अख्तियार दुरू पयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएको आशंकामा उच्च पदस्थ सरकारी कर्मचारीहरू माथि छानविन गर्ने भएको छ  ।
अख्तियारले यसरी छानविन गर्न लागेको कर्मचारीहरू मा सचिव, सहसचिव, प्रहरी सेवाका अतिरिक्त महानिरीक्षक र विभागका प्रमुखहरू तथा पूर्व कर्मचारी एवं पदाधिकारीहरू रहेका छन्  ।
यस्ता कर्मचारी तथा पदाधिकारीहरू को सम्पत्ति छानविन गर्ने उद्देश्यले अख्तियारले उनीहरू लाई सम्पत्ति विवरण बुझाउनेसम्बन्धी लामो विवरण फाराम उपलब्ध गराएको थाहा भएको छ  । यस्तो फाराममा उनीहरू ले आफ्नो समेत पत्नी, छोराछोरी, आमाबाबु, सासुससुरा र सालासालीलगायतका नातागोताको नाममा रहेको सम्पत्ति विवरण प्रस्तुत गर्नुपर्नेछ  ।
अख्तियार स्रोतका अनुसार यस्ता कर्मचारी पदाकिारीहरू को पहिलेको आर्थिक अवस्था, सेवा प्रवेशपछि परिवारमा आएको आर्थिक परिवर्तन तथा बिलासी जीवनबारे आयोगले अध्ययन अनुसन्धान गर्नेछ  ।
अख्तियारले छानविन गर्न लागेका कर्मचारीहरू मध्ये नाथुप्रसाद चौधरी सचिव, लक्ष्मीप्रसाद ढकाल सहसचिव, लक्ष्मण अर्याल सहसचिव, चन्द्रकुमार घिमिरे महावाणिज्यदूत, जीवन थापा र ऋषभदेव भट्ट राई अतिरिक्त प्रहरी महानिरीक्षक, खड्गबहादुर बस्नेत, डा.रामनारायण शाह र लालबाबु कवारी, निर्देशक मनोज घिमिरे सिडिई अब्दुल राइस खाँ र उपेन्द्र मण्डल जिल्ला शिक्षा अधिकारीलगायतका छन्  ।
तपाईको प्रतिक्रिया