Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– उत्तर कोरियाका महान नेता किम जोङ इलको असामयिक निधन भएकोमा उप–प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले एक वक्तव्य प्रकाशित गर्दै दुःख प्रकट गर्नु भएको छ ।
तर सो जारी वक्तव्यमा उहाँले किम जोङ इललाई प्र.ज.ग. कोरियाको राष्ट्रपति भनी सम्बोधन गर्नु भएको छ । प्र.ज.ग. कोरियाका महान नेता किम जोङ इल कोरियाका राष्ट्रपति नभै उहाँ कोरियाली मजदुर पार्टीका महा–सचिव,कोरियाली राष्ट्रको सुरक्षा परिषद्का अध्यक्ष तथा कोरियाली जनसेनाको सर्वोच्च कमाण्डर मात्र हुनुहुन्थ्यो ।
नेपालका परराष्ट्र मन्त्रीलाई प्र.ज.ग. कोरियामा कामरेड किम जोङ इल राष्ट्रपति नभएको कुरा थाहा नपाउनु हास्यास्पद रहेको कुरा परराष्ट्रविद्हरुले औंल्याएका छन् ।
तपाईको प्रतिक्रिया