Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– ‘डिभोर्स’ हुन लागेको भन्दै मिडियाहरुले हल्ला चलाएपछि चिन्तित नायिका रेखा थापाले आफू त्यसको पक्षमा नभएको बताएकी छिन् ।
चलचित्र ‘लङ्का’को सुटिङका लागि सर्लाहीमा रहेकी नायिका रेखाले मिडियामा चलेका हल्लाबारे राजधानीमा आएपछि स्पष्ट पार्ने बताइन् । ‘मिडियामा त जे पनि आउँछ नि,’ शनिबार राति उनले भनिन्, ‘म काठमाडौं फर्केपछि स्पष्ट पार्छु ।’
आफूभन्दा दोब्बर उमेरका छवि ओझासँग विवाह गरेकी रेखाले आफू मानसिक तनावमा रहेकी बताइन् । छविले पनि आफूहरु सम्बन्ध विच्छेद गर्ने मुडमा नभएको बताए ।
रेखा छविकी दोस्रो श्रीमती हुन् । जेठी श्रीमतीबाट सन्तान भए पनि रेखाले सन्तान जन्माउन मानेकी छैनन् ।
तपाईको प्रतिक्रिया