Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – तमु जातिहरुको महान पर्व ल्होसार मु प्री ल्हो गिद्द बर्ग को सु-अवसरमा तमु धिं जापानले यही जनवरी २ तारीखमा आयोजना गर्न गइरहेको ल्होसार कार्यक्रमका लागि नेपालदेखि आमन्त्रित गायक धनबहादुर तमुलाइ एक कार्यक्रमबीच स्वागत गरिएको छ ।

डिसेम्बर ३० तारिख साँझ सेबू इकेबुकुरो लाइनको एकोदा स्टेशन नजिक रहेको पोखरा किचन रेस्टुरेन्टको हलमा धिं का अध्यक्ष तथा ल्होसार कार्यक्रमका संयोजक याम तमुको सभापतित्व एवं प्रमुख अतिथि एन.आर.एन जापानका अध्यक्ष तथा तमु धिं का सल्लाहकार ओम तमुले खादा लगाई फुल गुच्छाले स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा बोल्नु हुदै प्रमुख अतिथि ओम तमु ले प्रवासी भूमिमा रहेर तमु धिं जापानले लामो समयदेखि जातीय पहिचानका रुपमा रहेको ल्होसार, रोंधि साँझ जस्ता कार्यक्रमको हरेक बर्ष यसरी नै आयोजना गरी आफ्नो संस्कार संस्कृतिलाई बचाई राखेकोमा गर्व लागेको बताउनु भयो । साथै अतिथि गायक धनबहादुर तमुले आफ्नो कला प्रस्तुत गर्नको लागि तमु धिं जापानले यसरी जापान आउने अवसर प्रदान गरेकोमा आफुलाई धेरै खुशी लागेको र संस्थाको प्रगतिको कामना गर्नु भएको थियो ।

स्वागत कार्यक्रममा कार्यसमितिका सदस्यहरु लगायत अन्य महानुभावहरुको पनि उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन महासचिव कुमार तमुले गर्नु भएको थियो ।

साथै अन्त्यमा जलपान कार्यक्रमको व्यवस्था गरिएको थियो ।

तपाईको प्रतिक्रिया