बुधबार, फाल्गुण ०९, २०८०
Wednesday, February 21, 2024
वीरगञ्ज– संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा पवन समूहले सरकारलाई हतियार बुझाएको छ । मोर्चाले थ्रि फिप्टिन पेस्तोल चार थान र १२ बोर पेस्तोल ४ थान गरी आठ वटा हतियार सरकारलाई बुझाएको हो ।
तराईमा विगत पाँच वर्षदेखि सशस्त्र संघर्ष गरिहेको समूहले शनिबार बिहान वीरगन्जमा भएको दोस्रो चरणको वार्तामा सरकारीवार्ता टोलीका संयोजक तथा शान्ति मन्त्री सत्या पहाडीलाई हतियार बुझाएको हो । सरकार र मोर्चाबीच चार बुँदे सहमति भएको छ । सरकारी वार्ता टोली संयोजक तथा शान्ति मन्त्री सत्या पहाडी र सशस्त्र समूह मोर्चाका तर्फबाट वार्ता टोली संयोजक एवं मोर्चाका संयोजक पल्हाद गिरी पवनबीच चार बुँदे सहमति भएको हो ।
सरकार र मोर्चाबीच मोर्चाले सबै हतियार सरकारलाई बुझाउने, पूर्व सहमती अनुसार मोर्चाका नेता तथा कार्यकर्तालाई लागेको मुद्धा फिर्ता र बन्दीहरुको रिहाईको  प्रक्रिया सरकारले नियमानुसार तत्काल शुरु गर्ने सहमति भएको छ । मोर्चाका संयोजक पवनले अब आफूहरु शान्तिपूर्ण रुपमा राजनीति गर्न तयार रहेको बताउनुभएको छ । शान्तिपूर्ण रुपमा पनि तराई मधेशका समस्या समाधान गर्न सकिने मोर्चाको संयोजक पवनको भनाई छ ।

तपाईको प्रतिक्रिया