Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौ– एकीकृत नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्य ‘किरण’ले संविधानमा ‘जनयुद्ध’ स्वीकार नगरे आफूहरुले पनि ‘जनआन्दोलन’ पनि स्वीकार नगर्ने चेतावनी दिनुभएको छ । रिपोर्टर्स क्लबमा शनिबार भएको कार्यक्रममा वैद्यले आफनै पार्टीको संस्थापन पक्ष र संसदवादी दलले संविधानसभाको गरिमालाई बुझ्न नसकेको आरोप लगाउनुभयो ।
विवाद समाधान उपसमितिले संविधानको प्रस्तावनामा जनयुद्ध शब्द नराख्न गरेको सहमति प्रति आपत्ति जनाउँदै वैद्यले उपसमितिले गरेका सबै सहमति उल्टाईदिने चेतावनी दिनुभयो । ‘जनयूद्ध शब्द नमान्ने भए जनआन्दोलन पनि मान्दैनौँ’, वैद्यले भन्नुभयो, ‘होईन भने सबै आन्दोलनलाई स्विकार्नु पर्छ ।’
वैद्यले पार्टीको लाईन विपरित सहमतिको नाममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका सबै मुद्दाहरु छाड्दै गएको आरोप लगाउनुभयो । ‘अध्यक्षले गलत गलत सहमति गर्दै जानु भएको छ’, वैद्यले भन्नुभयो, ‘पार्टीको लाईन जनवादी क्रान्ति हो, अनि सम्पत्तिमा हदबन्दी नलगाउने कुरा कसरी मानिन्छ ?’  संविधान निर्माण उपसमितिले नभई संविधानसभाले गर्ने भन्दै अहिलेको सहमति संविधानसभामा गएर उल्टिने वैद्यले दावी गर्नुभयो । पार्टीको निर्णय विपरित अध्यक्ष प्रचण्डले उपसमितिमा बसेर सहमति गरेको भन्दै उपसमितिको औचित्य समाप्त भएको वैद्यले दावी गर्नुभयो ।
उहाँले आफ्नै पार्टीका उपाध्यक्ष डा. बाबुराम भट्टराई नेतृत्वको सरकारलाई अहिलेसम्मकै सबैभन्दा असफल सरकारको संज्ञा दिनुभयो । पार्टी सरकारबाट तत्काल फिर्ता हुनुपर्ने भन्दै उहाँले भन्नुभयो – ‘कांग्रेस र एमाले नेतृत्वको सरकारले नगरेको बिप्पा बाबुरामजीले नै किन गर्नुपरेको थियो ?’ सहमतिको सरकारको विकल्प खुल्ला रहेको भन्दै उपाध्यक्ष बैद्यले सहमतिमा माओवादीभित्र वा बाहिर जताबाट पनि नेतृत्व हुन सक्ने बताउनुभयो । उहाँले गोकर्ण बैठकले चार शीर्ष नेताहरुलाई सहमतिको सरकारको विषयमा सहमति जुटाउन जिम्मेवारी दिएकोले आफूहरु चार नेताको सहमतिको प्रतिक्षामा बसेको बताउनुभयो ।
आफूहरु शान्ति र संविधानको पक्षमै रहेको स्पष्ट पार्दै  उहाँले भन्नुभयो, ‘अरुले भने जस्तो एकहोरो शान्ति मात्र सम्भव छैन । पहिला राष्ट्रिय सुरक्षा नीति बनाएर सम्मानजनक रुपमा समायोजन अघि बढाउँदै संविधान लेखौँ भनेका हौँ ।’
पार्टीको निर्णय अनुसार रिगु्रपिङ नभएको, शान्तिमा जोड दिएर संविधानलाई उद्यारो राखेर समस्या उत्पन्न गरिएको भन्दै वेद्यले अध्यक्ष प्रचण्डले पार्टीका मुद्दा छाड्दै जाँदा संविधान निर्माण पनि सन्तोषजनक हुन नसकेको तर्क गर्नुभयो ।
तपाईको प्रतिक्रिया